शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रतिनिधिसभा बैठक बसेर केपी ओलीलाई कारवाही गर्ने प्रचण्डको घोषणा

प्रतिनिधिसभा बैठक बसेर केपी ओलीलाई कारवाही गर्ने प्रचण्डको घोषणा

  • मिडिया डबली
  • शुक्रवार, माघ १६ २०७७

  • 5.0K
    SHARES

  • प्रतिनिधिसभा बैठक बसेर केपी ओलीलाई कारवाही गर्ने प्रचण्डको घोषणा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न जरुरी परेमा प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिएका छन् ।

    शुक्रवार विराटनगरमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान अनुसार प्रतिनिधिसभा जीवितै रहेकाले आवश्यक परेमा बैठक बसेर ओलीलाई कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

    उनले आक्रोशित हुँदै भने, ‘हामीलाई प्रतिनिधि सभाको बैठक बस्ने अधिकार छ तर केपी ओलीलाई छैन, उनीसँग केही पनि छैन, सर्वोच्चको सम्मानका लागि मात्र हामी चुप बसेका हौं, आवश्यक परे बैठक बसेर कारवाही गरेरै छाड्नेछौं ।’

    अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा आफूहरु पूर्ण रुपमा विश्वस्त रहेको बताएका छन् ।

    उनले प्रतिनिधिसभा विघटन गर्ने ओली भष्मासुर प्रवृत्तिको प्रतिक्रियावादी रहेको दाबी गरेका छन् । संघीय गणतन्त्र नेपालको संविधानको हूर्मत लिने दुष्प्रयास ओलीले गरेको भन्दै प्रचण्डले बादशाहलाई घोडाबाट खसालेझैं नेपाली जनताले फेरि श्री ३ बन्न खोज्नेहरुलाई खसालेर लोकतन्त्रलाई सही बाटोमा ल्याउने बताएका छन् ।

    अध्यक्ष माधवकुमार नेपालले सबै वर्ग, समुदाय र राजनीतिक पार्टी आन्दोलनमा उत्रिसकेकाले अब केपी ओली एक्लो भएको र धारेहात लगाएर गालीगलौजमा उत्रिएको बताएका छन् । उनले केपी पक्षलाई तमासेको संज्ञा दिँदै सूर्य चिह्न र मूल नेकपा आफूहरुकै भइसकेको दाबी गरेका छन् ।

    वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई शकुनीको संज्ञा दिँदै उनीबाट लोकतन्त्रवादी नेपाली जनतालाई होशियार हुन आग्रह गरेका छन् । खनालले झापा आन्दोनलका नेता भनिएका ओली शकुनीजस्तै जाली र फटाहाका नाइके भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend