शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली नेकपामा नयाँ अध्यक्ष नियुक्त, यी हुन् भाग्यमानीहरू

ओली नेकपामा नयाँ अध्यक्ष नियुक्त, यी हुन् भाग्यमानीहरू

  • मिडिया डबली
  • शुक्रवार, माघ १६ २०७७

  • 53.9K
    SHARES

  • ओली नेकपामा नयाँ अध्यक्ष नियुक्त, यी हुन् भाग्यमानीहरू

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले लुम्बिनी प्रदेशमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

    पार्टी विभाजन भएसँगै ओली पक्षले पार्टी कमिटीलाई पुनर्गठन गर्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । 

    ओली समूहको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा लीला गिरी नियुक्त भएका छन् । गिरी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका छन् ।

    बिहीवार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहेका गिरीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । पार्टी विभाजन हुनुअघि पूर्व सभामुख ओनसरी घर्ती अध्यक्ष थिइन् । घर्ती प्रचण्ड–नेपाल पक्षमा हाल पनि अध्यक्ष रहेकी छन् ।  

    ओली पक्षको बैठकले जिल्ला तहमा पनि जिम्मेवारी तोकेको छ । रुपन्देहीमा शिव सुवेदी संयोजक, तेजेन्द्र केसी सहसंयोजक र अनुप बराललाई सचिवको जिम्मेवारी दिइएको छ ।

    कपिलवस्तुमा झविलाल पोखरेल संयोजक, डम्बर शर्मा सहसंयोजक र धर्म भुसाल सचिवको जिम्मेवारी दिइएको छ ।

    दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक र मनोहर बुढाथोकीलाई सचिव तथा बाँकेमा सूर्य ढकाल संयोजक, किस्मत कक्षपति सहसंयोजक र प्रमोद धिताल सचिवको जिम्मेवारीमा तोकिएका छन् ।

    बर्दियामा लालबहादुर श्रेष्ठलाई संयोजक, शालिकराम अधिकारीलाई सहसंयोजक र पदम ढकाललाई सचिव तोकिएको छ ।

    गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक बालसिंह काउचा र सचिव धर्मबहादुर विकलाई तोकिएको जनाइएको छ ।

    अर्घाखाँचीमा चेतनारायण आचार्यलाई संयोजक र तेजबहादुर रायमाझीलाई सचिवको जिम्मेवारी तोकिएको छ ।

    पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य र सचिवमा ओमबहादुर घर्ती तथा नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारीलाई संयोजक तोकिएको छ । प्युठानमा तुलसीराम शर्मालाई संयोजक तोकिएको छ ।

    पार्टी विभाजनपछि प्रचण्डतिर लागेका व्यक्तिका कारण रिक्त रहेका पदमा ओली पक्षले नयाँ नियुक्ति गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend