शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस र ओली नेकपा मिलेर जित्यो चुनाव, प्रचण्ड–नेपालको लज्जास्पद हार !

कांग्रेस र ओली नेकपा मिलेर जित्यो चुनाव, प्रचण्ड–नेपालको लज्जास्पद हार !

  • मिडिया डबली
  • शुक्रवार, माघ १६ २०७७

  • 45.4K
    SHARES

  • कांग्रेस र ओली नेकपा मिलेर जित्यो चुनाव, प्रचण्ड–नेपालको लज्जास्पद हार !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा नेपाली कांग्रेससँग मिलेर चुनाव लडेको छ ।

    सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–५ स्थित रामजानकी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा ओली समूह, राष्ट्रिय प्रजातन्त्र पार्टी र मजदुर किसान पार्टीको संयुक्त प्यानल विजयी भएको हो ।

    नेकपा प्रचण्ड–नेपाल पक्षलाई हराउँदै संयुक्त प्यानल विजयी भएको छ । चुनावमा प्रचण्ड पक्षले लज्जास्पद हार व्यहोर्नुपरेको छ ।

    प्रचण्ड–नेपाल पक्षका उम्मेदवार नम्रता कार्कीलाई हराउँदै अध्यक्ष पदमा जगत भण्डारी ६४३ मत ल्याएर विजयी भएका छन् । कार्कीले ३३८ मत मात्रै पाएकी छन् ।

    निर्वाचन  समितिक संयोजक कर्णबहादुर सिजालीले १३ सदस्यीय पदाधिकारी भएको निर्वाचनमा संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका बताए । समितिको उपाध्यक्षमा प्रचण्ड–नेपाल प्यानलका यज्ञप्रसाद न्यौपानेलाई हराउँदै संयुक्त प्यानल राजेन्द्रबहादुर शाही विजयी भएका छन् ।

    सचिवमा संयुक्त प्यानलकै मञ्जु कुँवर योगी लामा, कोषाध्यक्षमा रामबहादुर गुरुङ, सहसचिवमा रनबहादखुर राना, सदस्यमा क्रमशः दानबहादुर रोकाया, नरबहादुर सिजाली, शान्ता खड्का, धनबहादुर गुरुङ, गीता बैगार, राजकुमार राना, राजबहादुर राना, मनरूपा सार्की र इन्द्रा शर्मा विजयी भएका जनाइएको छ ।

    सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा १ हजार ५७५ मतदाता रहेकोमा १ हजार ११६ जनाले मतदान गरेका थिए ।

    नेकपा विभाजन भएपछि प्रदेश सरकार फेरबदलमा समेत नेकपाका दुवै पक्षले नेपाली कांग्रेससँग सहकार्यका लागि प्रस्ताव गरेका छन् । तर कांग्रेसले कुनै निर्णय लिइसकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend