शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

शहीदलाई सम्झिँदै गगन थापाले गरे निम्तो !

शहीदलाई सम्झिँदै गगन थापाले गरे निम्तो !

  • मिडिया डबली
  • शुक्रवार, माघ १६ २०७७

  • 5.9K
    SHARES

  • शहीदलाई सम्झिँदै गगन थापाले गरे निम्तो !

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व मन्त्री गगन थापाले संसद विघटन विरुद्धको आन्दोलनमा सहभागी हुन निम्तो गरेका छन् ।

    शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले आज दिउँसो १ बजे शान्ति वाटिकामा केपी ओलीको असंवैधानिक कदमविरुद्ध हुने विरोध सभामा सहभागी हुन आह्वान गरेका हुन् ।

    ‘शहीदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्रै शहीदहरूप्रति सच्चा सम्मान हुनेछ,’ उनले लेखेका छन्, ‘आज दिउँसो १ बजे शान्ति वाटिकामा  केपी ओलीको असंवैधानिक कदमका विरुद्ध हुने विरोध सभामा सहभागी हौं ।’

    विरोध सभामा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रदीप पौडेल, नेताहरू भीमसेन दास प्रधान प्रमुख वक्ता रहेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले लगातार विरोध गर्दै आएको छ ।

    nccc.jpg

    नेपाल कांग्रेससँगै प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक समाज, बुद्धिजीवी लगायतले आन्दोलन गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend