आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली विरुद्धको आन्दोलन २०७८ सालसम्मै पुग्ने डा. बाबुराम भट्टराईको संकेत

केपी ओली विरुद्धको आन्दोलन २०७८ सालसम्मै पुग्ने डा. बाबुराम भट्टराईको संकेत

  • मिडिया डबली
  • शुक्रवार, माघ १६ २०७७

  • 3.9K
    SHARES

  • केपी ओली विरुद्धको आन्दोलन २०७८ सालसम्मै पुग्ने डा. बाबुराम भट्टराईको संकेत

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि दलहरू आन्दोलनमा छन् ।

    राष्ट्रपति भण्डारीले संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेकी छन् । तर दलहरू विरोधमा छन् ।

    आन्दोलनरत दलमध्येको एक जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली विरुद्धको आन्दोलन यसै वर्ष निर्णयमा नपुगी २०७८ सालसम्म लम्बिने संकेत गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले राजनीतिक दल र नागरिक समाजको संयोजनबाट आन्दोलन सफल हुने जनाएका छन् ।

    उनले लेखेका छन्, ‘राजनीतिक दल र नागरिक समाज एकअर्काका विरोधी/प्रतिस्पर्धी हैन पूरक हुन् । राजनीतिक दलका स्पष्ट एजेण्डा र संगठन तथा नागरिक समाजको नैतिक बल र जनआधारको संयोजनबाट नै कुनै पनि आन्दोलन सफल हुने गर्छ । कहिले कुनै अघि कुनै पछि मात्र हो । २०४६/४७ र २०६२/६३ त्यसका साक्षी छन् । २०७७/७८कसरी फरक हुन सक्ला र ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend