शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्ड गएपछि नेकपा देशमै सबैभन्दा एकतावद्ध पार्टी भएको छ : केपी ओली

प्रचण्ड गएपछि नेकपा देशमै सबैभन्दा एकतावद्ध पार्टी भएको छ : केपी ओली

  • मिडिया डबली
  • बिहिवार, माघ १५ २०७७

  • 4.7K
    SHARES

  • प्रचण्ड गएपछि नेकपा देशमै सबैभन्दा एकतावद्ध पार्टी भएको छ : केपी ओली

    काठमाठौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिनमा नेकपा देशकै सबैभन्दा एकताबद्ध पार्टी भएको बताएका छन् ।

    आफू पक्षीय नेकपा निकट मजदुर संगठन जिफन्टको भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा आज देखिएको जस्तो एकता कैयौं वर्षदेखि देख्न नपाएको तर्क गरे ।

    ओलीले भने, ‘हामीलाई मनमा कस्तो–कस्तो लाग्न सक्छ, पार्टी फुट्यो भनेर ! आज पार्टीमा जस्तो एकता छ, त्यस्तो एकता कति वर्षदेखि थिएन ? आज हाम्रो पार्टी देशमै सबैभन्दा एकतावद्ध पार्टी हो । नेपालमा सबैभन्दा अनुशासित पार्टी नै हाम्रो पार्टी हो ।’

    उनले विभाजनअघिको नेकपालाई इतिहासकै गए गुज्रेको पार्टी भएको बताए । ‘हिजो नेपालका पार्टीहरुमध्ये सबैभन्दा अराजक, अनुशासनहीन, गए गुज्रेको र गैताल पार्टी नै हाम्रो पार्टी बन्यो । पार्टी, पार्टी जस्तो थियो र ? बैठक, बैठक जस्तो थियो र ? यताबाट उठेर एउटा कराउँछ, उताबाट अर्को कराउँछ च्याउँच्याउँ र म्याउँम्याउँ गरेर ..., अहिले पार्टी त्यस्तो छैन । एउटै ध्येय, एउटै धारणा, एउटै लक्ष्य विकास र समृद्धि !’ उनले भने ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बाहिरिएपछि पार्टीमा उत्साह छाएको ओलीले बताएका छन् ।

    उनले भने, ‘आजभोलि शरीर किन टनटन टनटन दुखिरहेको छैन भनेको त्यही पिलो निचोरिएर रहेछ, बिमारी के रहेछ भन्दा त्यही पिलो रहेछ । उहाँहरू जानुभयो, आज पार्टीमा उत्साह छ । पार्टी गतिशील छ ।’

    प्रधानमन्त्री ओलीले नेकपाकै सरकार ढाल्न, अस्थिरता मच्चाउन प्रचण्ड–माधवहरू लागेको बताउँदै दुवैले अहिले नक्कली देशभक्त बन्ने खोजेको आरोप लगाएका छन् ।

    ‘अब पार्टीमा विकृति विसंगति, स्वार्थी प्रवृत्ति, निजी र पारिवारिक काम गर्ने प्रवृत्तिहरू किनारा लाग्छन् । यो महान शुद्धीकरण हो,’ ओलीले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend