काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका दलहरू सत्तादोहनका भर्याङ मात्र बनेका गुनासो गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई बुझ्न हम्मे पर्नु विडम्बना भएको बताएका छन् ।
भट्टराईले लेखेका छन्, ‘ओली प्रतिगमनको गम्भीरता बुझ्न राजनीतिक दल र नेतालाई हम्मे पर्नु विडम्बनापूर्ण छ । दल भनेकै समाजका अगुवा चेतनाका संगठित अभिव्यक्ति हुन् र हुनुपर्छ । तर हामीकहाँ दल सत्तादोहनका भर्याङ मात्र बन्दैछन् । यस्तोमा सार्वजनिक बौद्धिकहरूको सक्रियता प्रशंसनीय छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।