आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

फरार अपराधीलाई फूलको माला लगाएर उपप्रधानमन्त्रीले गराएर नेकपा प्रवेश

फरार अपराधीलाई फूलको माला लगाएर उपप्रधानमन्त्रीले गराएर नेकपा प्रवेश

  • मिडिया डबली
  • बुधवार, माघ १४ २०७७

  • 33.1K
    SHARES

  • फरार अपराधीलाई फूलको माला लगाएर उपप्रधानमन्त्रीले गराएर नेकपा प्रवेश

    काठमाडौं-  प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा अपराधी, गुण्डा, फरार अभियुक्तलगायतको संरक्षणस्थल बनेको छ । अन्य पार्टीले तिरस्कार गरेका मात्र होइन, फरार अपराधीलाई समेत सरकारबाटै संरक्षण भइरहेको छ ।

    यतिबेला ओली नेकपामा राम्रा र सिद्धान्त बोकेका भन्दा हत्यामा संलग्न भएका, जेलनेल भोगेका, तस्करलगायतले संरक्षण पाइरहेका छन् ।

    दिपक मनांगे, बालकृष्ण ढुंगेल, प्रभु साह, प्रेम आले जस्ता विवादित व्यक्तित्व नेकपामा ठाउँ पाएका छन् । यसैक्रममा सप्तरी घर भएका फरार अभियुक्त रामनारायण यादवलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले माला लगाएर नेकपामा प्रवेश गराएका छन् ।

    मंगलबार उनले राजविराजमा आयोजित आमसभामा उनलाई प्रवेश गराएका हुन् । राजविराजको आमसभामा सहभागी हुन आउनेलाई सत्तारुढ नेकपाले खाजा र दुई सय रुपैयाँ बाँडेको थियो ।

    उपप्रधानमन्त्री पोखरेलले फूलमाला, अवीर लगाएर भित्र्याएका रणवीर सिंह भनिने यादव यादवलाई विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय तोकेको छ । यादव विगतमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend