काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बीचमा जाने भन्दै संसद विघटन गरेर बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् । तर ओली सरकारकै उपप्रधानमन्त्री ईश्वर पोखरेल जनताको बीचमा जान डराइरहेका छन् ।
मंगलबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा घेराबीच राजविराजमा प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले जनसभा आयोजना गर्दैछ ।
सभालाई उपप्रधानमन्त्री पोखरेलले सम्बोधन गर्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।
राजविराज रंगशालामा हुने सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकासमन्त्री प्रभू साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राजविराज रंगशाला वरपरका घरका छतछतमा समेत सुरक्षाकर्मी राखेर सुरक्षा कडा बनाइएको छ । प्रचण्ड–नेपाल नेकपाले विरोध गर्न सक्ने आशंकामा सुरक्षा कडा पारिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले सभालाई लक्षित गरी १ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए । १ बजेदेखि सभा सुरू हुने बताइएको थियो ।
सभास्थलमा समेत प्रहरीको बाक्लो उपस्थिति भए पनि नेता कार्यकर्ता भने आउने क्रम जारी रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।