काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध आन्दोलित नेकपा प्रचण्ड–नेपाल पक्षले आज अनौठो आन्दोलन गर्दैछ ।
राजधानी काठमाडौंमा विशाल प्रदर्शनसम्म गरिसकेको प्रचण्ड नेकपाले आज मंगलबार सिटी जुलुस गर्दैछ ।
मंगलबार दिउँसो ३ बजे लैनचौरबाट सिटी जुलुस निस्कने राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।
सिटी जुलुस लैनचौरबाट असन इन्द्रचोक हुँदै वसन्तपुर पुगेर सकिने जनाइएको छ । जुलुसलाई जनसंगठनका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तेस्रो चरणको आन्दोलन घोषणा गरेको प्रचण्ड–नेपाल पक्षले देशका ठूला शहरमा जनप्रदर्शन गर्ने कार्यक्रम समेत तय गरेको छ ।
गत पुस १४ र माघ ९ मा राजधानी उपत्यकामा शक्ति प्रदर्शन गरेको प्रचण्ड पक्षले माघ २८ गते समेत राजधानीमा जनप्रदर्शनको तयारी गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।