आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झलनाथ खनालविरुद्ध उल्टियो पूरै गाउँ, कम्युनिस्टलाई सराप्दै कांग्रेसमा प्रवेश

झलनाथ खनालविरुद्ध उल्टियो पूरै गाउँ, कम्युनिस्टलाई सराप्दै कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • सोमवार, माघ १२ २०७७

  • 15.1K
    SHARES

  • झलनाथ खनालविरुद्ध उल्टियो पूरै गाउँ, कम्युनिस्टलाई सराप्दै कांग्रेसमा प्रवेश

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको इलाम १ नम्बर निर्वाचन क्षेत्रको एउटा गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।

    सोमबार नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा इलाम नगरपालिका–१० मा ३७ घरका १५० जना र सूर्याेदयन गरपालिकाका २५ जना गरी १७५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

    कांग्रेसमा प्रवेश गर्नेहरूमा इलामका हेमन्त राई, कृष्ण राई, इच्छाबहादुर राई, सूर्याेदयका विनोद कट्टेल, धर्मराज रसाइली लगायत कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेसका प्रभावशाली युवा नेता डम्बर खड्काको प्रमुख आतित्थतामा भएको कार्यक्रममा खड्काले नवप्रवेशीलाई खादा ओढाएर स्वागत गरेका छन् ।

    कम्युनिस्ट पार्टीका ठूलै नेता भनेर चिनिएका झलनाथ खनाललाई जिताएर पठाउँदा समेत इलामले केही नपाएको बताउँदै नवप्रवेशीहरूले अब कांग्रेसबाट मात्रै आशा बाँकी रहेको बताए । कम्युनिस्टहरू पदको लोभ, विवाद र झगडा गर्नमा मात्रै खप्पिस रहेका बताउँदै नवप्रवेशीहरूले कम्युनिस्टहरूलाई सरापेका थिए ।

    140608659_110465307592586_8648128179573252071_n.jpg

    युवा नेता खड्काले सम्पूर्ण नवआगन्तुकलाई स्वागत गर्दै इलामको दुःखसुखमा हरपल साथ दिने बताए । उनले नवप्रवेशीलाई पार्टीमा उचित स्थानमा राख्ने वचन समेत व्यक्त गरेका छन् ।

    142162661_283589553196627_2291419710399005049_n.jpg

    कम्युनिस्टहरूले चुनावका बेला मात्रै ठूल्ठूला कुरा गर्ने र सरकारमा पुगेपछि केही काम नगरेर जनतालाई धोका दिएको नेता खड्काले बताए । ‘कांग्रेस बोलेको कुरा गर्छ, नगर्ने कुरा कांग्रेसले बोल्दैन,’ नेता खड्काले भने, ‘कांग्रेसले बेइमानी गर्नु, भ्रष्टाचार गर्नु, जनतालाई धोका दिनु सिकेको छैन ।’

    143064101_866619784171437_7952601571342821921_n.jpg142372907_1407811249566596_5106557467356764905_n.jpg

    चुनावका बेला ठूल्ठूला कुरा गरेर जनतालाई झुक्याएपनि नेकपाले सरकार चलाउन नसकेर संसद नै विघटन गरिदिएको खड्काले बताए । ‘सरकार भ्रष्टाचारमा १ नम्बर निस्कियो, अनेक काण्डमा फस्यो,’ उनले भने, ‘प्रधानमन्त्री एक्लैले खायो भनेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरू पनि भाग खोज्न थाले, भागबण्डाको झमेला नमिल्दा प्रधानमन्त्रीले संसद नै विघटन गरिदिए । समृद्धिका नारा स्वाहा भएन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend