शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

धमाधम ‘केन्द्रीय सदस्य’ बाँडेको खारेज भएपछि केपी ओलीले मुख खोले, यस्तो छ प्रतिक्रिया

धमाधम ‘केन्द्रीय सदस्य’ बाँडेको खारेज भएपछि केपी ओलीले मुख खोले, यस्तो छ प्रतिक्रिया

  • मिडिया डबली
  • सोमवार, माघ १२ २०७७

  • 27.9K
    SHARES

  • धमाधम ‘केन्द्रीय सदस्य’ बाँडेको खारेज भएपछि केपी ओलीले मुख खोले, यस्तो छ प्रतिक्रिया

    काठमाडौं – नेकपा विभाजनपछि आफ्नो पक्षका देशैभरका नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्य बनाएको निर्णय निर्वाचन आयोगले बदर गरेपनि उनी दुःखी छैनन् । ओलीले निर्वाचन आयोगको निर्णयबारे मुख खोलेका छन् ।

    आयोगले ओलीमाथि प्रचण्ड–नेपाल पक्षले गरेको कारवाही समेत बदर गरेको छ । प्रचण्ड–नेपाल पक्षले ओलीलाई सुरुमा अध्यक्ष पदबाट र त्यसपछि साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

    आज सोमवार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेले पार्टी बैठकमा नआएर बैंक्वेट र रेस्टुरेन्टमा बसेर आफूलाई पार्टीबाटै हटाएको भनेर भन्ने गरे पनि निर्वाचन आयोगले उचित जवाफ दिएको प्रतिक्रिया दिए ।

    ‘२–४ जना मानिस पार्टीको बैठकमा नआएर बाहिर गएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेका छन्,’ उनले भने, ‘त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दियो । अध्यक्ष–सध्यक्ष कोही भएका छैनौ भनेर ।’ 

    ओलीले आफूलाई पार्टीबाटै हटाएको भनेर प्रचार गरेपनि उनीहरूले आफूलाई पृथ्वीमै नरहे हुन्थ्यो भनेर भनिरहेको बताएका छन् । ‘तपाईंहरू अचम्म मान्नुहुन्छ होला – २–४ जना मानिस बैठकमा नआएर विभिन्न बैंक्वेट र रेस्टुराँहरूमा बसेर केपी ओलीलाई पार्टीबाट निकाले रे, साधारण सदस्यबाटै निकाले रे ! हाँस्न मन लागेन तपाईंहरूलाई ? उनीहरू मलाई भरसक यो पृथ्वीमै नरहे हुन्थ्यो भन्छन् । तर हुँदैन,’ उनले भने ।

    ओलीले पार्टी फुटाउन प्रचण्ड–नेपालहरू लागेको आरोप लगाए । ‘पार्टी फुटाउन चाहेका छन् । तर भ्रममा नपर्नुस् पार्टी फुट्दैन । २–४ जना मानिस देश, जनताको भलो नगर्ने आत्मकेन्द्रीत, कुलंगार र भस्मासुरहरूले पार्टी छोडे भन्दैमा आन्दोलन कमजोर हुनेवाला छैन,’ उनले भने ।

    ओलीले निर्वाचन नगर भनेर आयोगमा भन्न जाने त्यस्ता पनि लोकतन्त्रवादी हुन्छन् भन्दै प्रश्न पनि गरेका छन् । 

    ओलीले अध्यक्ष चाहियो भनेर केटाकेटी जस्तो क्याङ–क्याङ गरेको र कामै नगर्न नदिएकाले संसद विघटन गर्नुपरेको बताएका छन् । ‘अध्यक्ष चाहियो भनेर क्याङ–क्याङ गर्ने केटाकेटी जस्तो पार्टी फुटाएर विभिन्न किसिमका समीकरण बनाएर सरकार बनाएर स्थायित्व दिन्छु भन्ने ? जनताले त्यस्ता तत्वहरूलाई छानीछानी दण्डित गर्छन्,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend