काठमाडौं – तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थित अत्रौलीमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दर्जनौं स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
कम्युनिस्टहरूले नेपाली जनतालाई धोका दिएको आरोप लगाउँदै नेकपा कार्यकर्ताहरू पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूले कम्युनिस्ट सरकारले जनतालाई धोका दिएर निराश मात्र बनाएकाले कांग्रेसमा प्रवेश गरेको जनाएका छन् । नवप्रवेशीलाई कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वागत गर्दै सदस्यता प्रदान गरेका छन् ।
कार्यक्रममा नवप्रवेशीहरूले कम्युनिस्टलाई भोट दिएर पानी र बत्ती समेत पाउन नसकिएको भन्दै नेता पौडेलसँग पानी र बिजुली बत्तीका लागि समन्वय गरिदिन अनुरोध गरेका छन् । गाउँपालिकामा कम्युनिस्ट नेतृत्वको सरकार रहेको तर काम गर्न नसकेको गुनासो पनि स्थानीयले सुनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले फेरि व्यवस्थाकै लागि भनेर अर्को लडाइँ लड्ने नेपाल र नेपालीको चाहना नरहेको बताए ।
‘देश बारम्बार प्रतिगमनमा गहिरहन सक्दैन । स्थायित्व र विकास, हाम्रो साझा लक्ष्य हो । डटेर लडौं । प्रतिगमनविरुद्ध कुनै सम्झौता हुँदैन । इतिहास साक्षी छ, शाही राज्य चेतना बोकेका ओलीहरूको अन्त्य अवश्य हुन्छ,’ नेता पौडेलले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।