शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीलाई झन् ठूलो कारवाही गर्न बैठक डाँकियो, यस्तो हुँदैछ निर्णय

केपी ओलीलाई झन् ठूलो कारवाही गर्न बैठक डाँकियो, यस्तो हुँदैछ निर्णय

  • मिडिया डबली
  • शनिवार, माघ १० २०७७

  • 4.6K
    SHARES

  • केपी ओलीलाई झन् ठूलो कारवाही गर्न बैठक डाँकियो, यस्तो हुँदैछ निर्णय

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट झन् ठूलो कारवाही गर्न प्रचण्ड–नेपाल पक्षले बैठक बोलाएको छ ।

    भोलि आईतबार साढे १२ बजे बस्ने बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सक्ने नेकपा स्रोतले जनाएको छ । यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको थियो ।

    पार्टीको अनुशासन र विधि विधान विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएकोेमा ओलीले जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका नेताहरूले जनाएका छन् । केही दिनअघि कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले ओलीलाई पार्टीबाटै निकाल्ने घोषणा गरेका थिए ।

    भोलि आईतबार बस्ने स्थायी कमिटी बैठकबाट ओलीलाई कारवाहीको निर्णय हुने जनाइएको छ ।

    नेकपा स्रोतले भन्यो, ‘पार्टीले ओलीलाई स्पष्टीकरण सोधेको थियो तर उहाँले जवाफ दिनुभएन । त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन । यसअघि अध्यक्षबाट मात्रै हटाइएको थियो, अब पार्टीबाटै हटाइँदैछ ।’

    नेकपाको स्थायी समिति बैठक भोलि आईतबार दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पार्टी विभाजनसँगै प्रचण्ड–नेपाल पक्ष सडक संघर्ष गरिरहेको छ ।

    ओलीविरुद्ध नेकपासहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतले आन्दोलन गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend