काठमाडौं – तत्कालीन नेकपा माओवादीले बनाएको पूर्व जनमुक्ति सेनाका कमाण्डरसँग प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा छलफल गरेका छन् ।
नेकपा पार्टी विभाजनपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सहयोगमा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरसँग निकटता बढाएका छन् ।
ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरसँग छलफल गर्दै सम्बोधन समेत गरेका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । सम्बोधनका क्रममा ओलीले आफूबाट प्रचण्डले जस्तो धोका नहुने आश्वासन दिएका छन् ।
‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ,’ ओलीको भनाइ उदृत गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’
शुक्रबार प्रचण्ड–नेपाल पक्षले गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरू ओलीसँग नजिक भएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।