काठमाडौं – स्थानीय तह निर्वाचनमा पूर्व एमालेबाट निर्वाचित वडा सदस्य उसिला सिंह पोडे काठमाडौंमा पक्राउ परेकी छन् ।
बहुविवाह मुद्दामा फरार रहेका वडा सदस्य पोडेसहित २ जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको हो ।
बहुविवाह मुद्दामा काठमाडौं महानगरपालिका–१२ की दलित महिला सदस्य रहेकी पोडे र रामशरण पोडे पक्राउ परेका छन् ।
दुबैलाई काठमाडौंको टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहराले जानकारी दिए ।
बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौंले २०६५ असारमा दुबैलाई जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । उसिलालाई १ वर्ष कैद र ५०० रुपैयाँ जरिवाना र रामशरणलाई ११ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।
दुबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंको आदेशले सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।