आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अमेरिकामा राष्ट्रपति फेरिएलगत्तै ओलीलाई भेट्न किन बालुवाटार छिरे राजदूत र्‍यान्डी ?

अमेरिकामा राष्ट्रपति फेरिएलगत्तै ओलीलाई भेट्न किन बालुवाटार छिरे राजदूत र्‍यान्डी ?

  • मिडिया डबली
  • शनिवार, माघ १० २०७७

  • 6.1K
    SHARES

  • अमेरिकामा राष्ट्रपति फेरिएलगत्तै ओलीलाई भेट्न किन बालुवाटार छिरे राजदूत र्‍यान्डी ?

    काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

    र्‍यान्डीले जलवायु परिवर्तन, कोभिड–१९ लगायत स्वास्थ्य संकट एउटा मुलुकको मात्र समस्या नभई साझा चुनौती भएकाले यस्ता चुनौतीमा वाइडेन प्रशासनले नेपाललगायत अन्य मुलुकसँग कसरी साझेदारी गर्न चाहन्छ भन्नेबारे छलफलका लागि प्रधानमन्त्री ओलीसँग भेट गरेको जनाइएको छ । 

    राजदूत बेरीले सामाजिक सञ्जाल ट्विटमार्फत प्रधानमन्त्री ओलीसँगको भेटबारे जानकारी गराएका छन् । अमेरिकामा राष्ट्रपति परिवर्तनसँगै नेपाललगायत मुलुकलाई अमेरिकाले हेर्ने दृष्टिकोणमा परिवर्तन होला वा नहोला भन्नेबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजको नागरिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend