काठमाडौं – स्वतन्त्र भएर बस्नुपर्ने राष्ट्रपति पदमा भएर पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीतिमा हस्तक्षेप गर्दै आएकी विद्यादेवी भण्डारीको गृहजिल्लामा नेकपाभित्र पहिरो गएको छ ।
राष्ट्रपति भण्डारी र प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा नेकपाका नेता कार्यकर्ताहरु लोकतान्त्रिक बाटोमा हिँड्न नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
जिल्लाको षडानन्द नगरपालिका–१ सेगुबोटेमा बुधवार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले नेकपाका नवप्रवेशी स्थानीय नेताहरुलाई पार्टीमा प्रवेश गराएका छन् ।
नेपाली कांग्रेसमा प्रवेश गर्नेमा नेकपाका टोल कमिटीका अध्यक्ष मदन राई सहितका नेता कार्यकर्ता रहेका हुन् । कांग्रेस प्रवेश गर्नेमा नेकपाका गाउँ कमिटीका कोषाध्यक्ष कमला राई, भीम राई, जयबहादुर राई, कम्बल बुढाथोकी, प्रदीप राई, युवराज राई, विक्रम कोइराला, वसन्त राई, संसार राई, सागर राई लगायत २ दर्जन बढी नेताकार्यकर्ता रहेका जनाइएको छ ।
कांग्रेसले आज बिहीवार वडाहरुमा गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन भोजपुर पुगेका युवा नेता चापागाईंले नेकपाका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् । नवप्रवेशी युवाहरुले बुधबारै कांग्रेसमा प्रवेश गर्ने जनाएपछि चापागाइँले पार्टीमा स्वागत गरेका जनाइएको छ ।
प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवादले पार्टी विभाजन भएपछि नेकपाभित्र देशभर असन्तुष्टि चर्किएको छ । विभिन्न जिल्ला, पालिका, वडा र गाउँबाट नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरूको लहर नै चलेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।