शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्डले फेरि दिए ‘जनअदालत’को धम्की !

प्रचण्डले फेरि दिए ‘जनअदालत’को धम्की !

  • मिडिया डबली
  • बुधवार, माघ ७ २०७७

  • 8.3K
    SHARES

  • प्रचण्डले फेरि दिए ‘जनअदालत’को धम्की !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न ‘जनअदालत’मा जाने धम्की दिएका छन् ।

    संसद विघटन विरुद्धको रिट सर्वाेच्च अदालतमा विचाराधीन रहेका बेला प्रचण्डले जनअदालतको धम्की दिएका हुन् । प्रचण्डको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीले देशभर जनअदालत चलाउँदै मुद्दाको फैसला आफैं गर्ने गरेका थिए ।

    पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने धम्की दिएका हुन् ।

    ‘जनताको अदालतमा गएर संवैधानिक निकायहरूलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण कुरा हो,’ प्रचण्डले भने । प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिने काम भइरहेकाले त्यसको खबरदारी गर्ने बताएका छन् ।

    संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको उनले बताए । प्रचण्डले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न आह्वान समेत गरेका छन् ।

    अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको प्रचण्डले बताएका छन् ।

    ‘पहिले राजामहाराजाहरूले संविधानको धारा बदल्न पर्‍यो भने हामीमा अन्तरनिहित राजकीय र सार्वभौम अधिकार प्रयोग गरी फलानो–फलानो धारा निलम्बन गरिबक्सेका छौं भन्ने भाषा सुन्दै आएको हो,’ उनले भनेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend