शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेपालमा राजतन्त्र पुनःस्थापनाको प्रक्रिया सुरू भइसकेको प्रचण्डको खुलासा

नेपालमा राजतन्त्र पुनःस्थापनाको प्रक्रिया सुरू भइसकेको प्रचण्डको खुलासा

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 5.3K
    SHARES

  • नेपालमा राजतन्त्र पुनःस्थापनाको प्रक्रिया सुरू भइसकेको प्रचण्डको खुलासा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा संसद विघटन गरेर नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरूवात भइसकेको खुलासा गरेका छन् ।

    प्रचण्ड–नेपाल पक्ष सम्वद्ध नेपाल प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्हाएको टिप्पणी गरेका छन् ।

    ‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरूवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ,’ अध्यक्ष प्रचण्डले भने ।

    आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहे पनि अधैर्य नभएको प्रचण्डले बताएका छन् । ‘विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका छौं,’ प्रचण्डले भने ।

    संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको प्रचण्डले बताएका छन् । 

    अध्यक्ष प्रचण्डले संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने समेत बताएका छन् । ‘मैले त बुझेको छु, अब केपीको हातमा केही छैन । जुन दिन उहाँले संसद भंग गर्न सिफारिस गर्नुभयो, त्यो दिनबाट उहाँको हातमा केही छैन, अब अन्तै छ चिजहरू,’ प्रचण्डले भने ।

    अध्यक्ष प्रचण्डले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरूको भेला सफल हुनेमा विश्वास व्यक्त गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएको बताए । त्यसक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले पटक–पटक नेकपा फुटाउन प्रयास गरेको भन्दै बैठक चलिरहेका बेला नेकपा एमाले दर्ता गर्न लगाएर प्रतिगमनको सुरूवात गरेको बताएका छन् ।

    उनले ओलीको खोक्रो राष्ट्रवाद नांगिएको भन्दै पार्टीले गर्दा संसद विघटन गर्नुपरेको भनेर कुतर्क गरिरहेको बताएका छन् । ‘पार्टी र देशको संविधानलाई पनि कुल्चेर उहाँले निरंकुश शासक बन्ने प्रयास गर्नुभयो । उहाँलाई म गाली गर्दिनँ । तर्क गरिरहेको छु । पूर्व एमालेमा खेल्यो भन्नुहुन्छ । माधव नेपाल, झलनाथ खनाललाई विश्वासमा लिन नसक्ने भर्खरै एकता गरेको प्रचण्डले कसरी विश्वासमा लिन सक्यो केपी ओलीजी ? म प्रश्न गर्न चाहन्छु,’ उनले भने ।

    ओलीको निरंकुश र दम्भका कारण अहिलेको अवस्था आएको भन्दै प्रचण्डले गत माघमा केन्द्रीय समिति बैठक भव्य रूपमा सम्पन्न भएपछि ओली आत्तिन थालेको बताएका छन् ।

    केपी ओलीले निर्वाचन आयोग र सर्वोच्चलाई धम्क्याउदै हिँडेको र सेटिङ गरेको भन्ने केपी गुटलाई प्रश्न गर्नुपरेको उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend