आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीको यतिसम्म बचाउ गर्न थाले केपी ओली

विद्या भण्डारीको यतिसम्म बचाउ गर्न थाले केपी ओली

  • मिडिया डबली
  • सोमवार, माघ ५ २०७७

  • 5.7K
    SHARES

  • विद्या भण्डारीको यतिसम्म बचाउ गर्न थाले केपी ओली

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि दुवै विवादमा परेका छन् ।

    प्रधानमन्त्री ओलीको सन्की निर्णयलाई राष्ट्रपति भण्डारीले सच्याउन सक्ने भएपनि उनले समेत ख्याल नगरेको भन्दै आलोचना भइरहेको छ । तर प्रधानमन्त्री ओली भने राष्ट्रपति भण्डारीको बचाउमा उत्रिएका छन् ।

    अखिल नेपाल महिला संघ (अनेमस) दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘संविधानमा राष्ट्रपतिले सरकारको सिफारिसमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो । कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन । संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?’

    संसद विघटनको विषयमा टिप्पणी गर्ने नेताहरुले राष्ट्रपतिको मर्यादा समेत ख्याल नगरेको ओलीले बताएका छन् । उनले संसद् विघटन आफूले गरेको तर राष्ट्रपतिमाथि हमला गर्न थालिएको बताउँदै भने, ‘हिजो नक्कली राजालाई दाम चढाउनेले यतिबेला गणतन्त्रमाथि हमला गर्दैछन् ।’

    प्रधानमन्त्री ओलीले गणतन्त्रको सम्मानित संस्था राष्ट्रपतिमाथि नै चरणवद्ध हमला गर्नु लोकतान्त्रिक पद्धति नभएको बताए । लोकतन्त्र र गणतन्त्रविरुद्ध प्रचण्ड–माधव पक्षले शृंखलाबद्ध हमला गरिरहेकाले उनीहरू लोकतान्त्रिक अभ्यास बाहिर रहेका टिप्पणी ओलीले गरेका छन् ।

    प्रधानमन्त्री ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको स्पष्टीकरण दिएका छन् ।

    न्यायाधीशको मनोबल गिराउने गरी स्वतन्त्र न्यायलयमाथि प्रहार गरिएको जनाउँदै उनले भने, न्यायालय र निर्वाचन आयोगजस्ता संवैधानिक निकायमाथि पनि सडकबाट हमला भइरहेको छ ।’

    पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेको र अहिले त्यो अवसर प्राप्त भएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend