शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेकपा अध्यक्ष प्रचण्ड मर्न पनि तयार !

नेकपा अध्यक्ष प्रचण्ड मर्न पनि तयार !

  • मिडिया डबली
  • आइतवार, माघ ४ २०७७

  • 8.1K
    SHARES

  • नेकपा अध्यक्ष प्रचण्ड मर्न पनि तयार !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

    आईतबार प्रचण्ड–नेपाल पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले डरलाग्दो षडयन्त्र भएको बताएका छन् ।
     
    ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन अब आवेग, आक्रोश र आक्रामण हुनुपर्‍यो । बाघ र सिंह गर्जेको जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीहरूको मुटु थर्किनुपर्‍यो, हल्लिनुपर्‍यो,’ प्रचण्डले भने, ‘रातदिन केही नभनेर हामी केही समय केपीको प्रतिगमनकारी कदमविरुद्ध सशक्त भएर खडा हुनुपर्छ । नत्र उनले टेर्नेवाला छैनन् ।’

    प्रचण्डले माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने समेत बताएका छन् । ‘माघ ९ गते हामी सशक्त रूपमा जाने सोचेका छौं । आन्दोलनको अग्रपंक्तिमा हामी हुन्छौं । हिजो गिरिजाबाबु, माधव नेपाल र झलनाथहरूले लाठी खाएजस्तै मेरो टाउको चिलाइरहेको छ । मलाई लाठी खान मन छ यसपटक ।’ 

    जनताले सडकबाटै ठूल्ठूला फैसलाहरू गरेको इतिहास स्मरण गराउँदै प्रचण्डले बरु मर्न तयार रहेको तर झुक्न नसकिने बताए । ‘इतिहासको निर्माता जनता हो, अरु कोही होइनन् । जनताले सडकबाटै ठूल्ठूला फैसलाहरू गरेका छन् । जनताले सडक संघर्षबाट ठूल्ठूला तानाशाहहरूलाई गलहत्याएको छ । राजा महाराजाहरूको श्रीपेजहरू निकालेर फूटबल खेलेको इतिहास छ । त्यसैले आक्रामक र जुझारु ढंगले जाने गरी कार्यक्रम बनाउनुस् । हामी नेतृत्व गर्न लास्टसम्मै तयार छौं । देशलाई प्रतिक्रान्तिको भड्खालो, अँध्यारोमा हालेको हेर्न सकिँदैन, सकिन्न । हिजो पनि मर्न हिँडेका हौं जरुरी पर्छ भने मर्न तयार तर झुक्न तयार छैनौं,’ उनले भने ।

    सर्वोच्च अदालत र निर्वाचन आयोगमा ‘सेटिङ’ भएको भन्ने आफूहरूले आशंका नगरेको भए पनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताएका छन् ।

    ‘एउटा शब्द खुब सुनिन्छ आजभोलि सेटिङ । यो डरलाग्दो शब्द छ अहिले । केपीका मान्छेले भन्दै हिँडेका छन् । म अदालतमाथि शंका गर्न चाहन्न तर ओलीको सेटिङलाई शंका गर्न पाइयो नि ! हामी निर्वाचन आयोगलाई शंका गर्न चाहँदैनौं । तर ओली र ओलीको निकटका मान्छेले सेटिङ भइसक्यो भन्दै हिँडेकोलाई त शंका गर्न पाइयो नि !’ प्रचण्डले भने । 

    ओली पक्षमा लागेर मन्त्री भएका तत्कालीन माओवादीका नेताहरूप्रति लक्षित गर्दै आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर मन्त्री हुन दौडिएको प्रचण्डले बताएका छन् ।

    ‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन् । यतिधेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु,’ उनले भने ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्धमा उभिएको बताएका छन् । ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै नेता खनालले सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागू गरी प्रतिक्रान्ति गरेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend