शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली–प्रचण्डका कर्तुतले वाक्क भएका १९४ कम्युनिस्ट कार्यकर्ता कांग्रेसमा प्रवेश

ओली–प्रचण्डका कर्तुतले वाक्क भएका १९४ कम्युनिस्ट कार्यकर्ता कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • आइतवार, माघ ४ २०७७

  • 5.1K
    SHARES

  • ओली–प्रचण्डका कर्तुतले वाक्क भएका १९४ कम्युनिस्ट कार्यकर्ता कांग्रेसमा प्रवेश

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरिरहेको छ ।

    ओलीले संसद विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्वमा पूर्व माओवादी र पूर्व एमालेको एउटा खेमा छुट्टिएको छ । नेकपाभित्रको निरंकुशता, टुटफुट र विवादबाट वाक्क भएका कम्युनिस्ट कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका छन् भने कांग्रेसले विरोधलाई निरन्तरता दिइरहेको छ ।

    ओली सरकारको असंवैधानिक कदमको विरोध गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकारले लोकतन्त्रमाथि नै प्रहार गरेर प्रतिनिधिसभा विघटन गरेको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।

    जिल्लाका सन्धिखर्क नगरपालिकाको सन्धिखर्क, शितगंगा नगरपालिकाको ठाडा, भुमिकास्थान नगरपालिकाको ठाडा, पाणिनि गाउँपाकिलाको दुर्गाफाट, मालारानी गाउँपालिकाको खनदह र छत्रदेव गाउँपालिकाको राशिपमा सरकारविरुद्ध नाराबाजीसहित विरोध प्रदर्शन गरिएको अर्घाखाँची कांग्रेसले जनाएको छ ।

    स्थानीय तहहरूमा भएका कार्यक्रममा नेकपा परित्याग गरी शितगंगा नगरपालिकाबाट ९७ जना, मालारानी गाउँपालिकाबाट ७७ जना र भूमिकास्थान नगरपालिकाबाट २० जना गरी १९४ जना कम्युनिस्ट कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

    विरोध सभालाई सम्बोधन गर्ने वक्ताहरूले लामो संघर्षपछि प्राप्त भएको लोकतन्त्र नै समाप्त पार्ने खेलमा ओली सरकार लागेका कारण लोकतन्त्र बचाउन कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताए । सन्धिखर्कमा भएको कार्यक्रमलाई जिल्ला पार्टीका पूर्व सभापति तथा जिल्ला समन्वय प्रमुख पिताम्बर शर्मा, जिल्ला सचिव छविलाल पौडेल, शितगंगामा जिल्ला सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’, मालारानीमा नेविसंघ महामन्त्री बलदेव तिमिल्सिना, लुम्बिनी प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री लगायतले सम्बोधन गरेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend