शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

‘बयलगाडा चढेर अमेरिका हिँडेका केपी ओली झुक्किएर बालुवाटार छिरे’

‘बयलगाडा चढेर अमेरिका हिँडेका केपी ओली झुक्किएर बालुवाटार छिरे’

  • मिडिया डबली
  • आइतवार, माघ ४ २०७७

  • 6.2K
    SHARES

  • ‘बयलगाडा चढेर अमेरिका हिँडेका केपी ओली झुक्किएर बालुवाटार छिरे’

    काठमाडौं – नेपाली कांग्रेस दुहबी नगर कार्यसमितिले आयोजना गरेको विरोधसभा सम्पन्न भएको छ ।

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको असंवैधानिक कदमविरुद्ध विरोधसभा गरिएको हो ।

    नगर सभापति गुलाबी मियाको सभापतित्व र सुनसरीका लोकप्रिय प्रखर वक्ता तथा दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यमा सम्पन्न विरोधसभा हालसम्मकै बृहत् २ हजार बढी व्यक्तिको जनसहभागिता थियो ।

    विरोध सभालाई सम्बोधन गर्दै प्रखर वक्ता बेद गच्छदारले वर्तमान ओली सरकारको कर्तुत, जनतालाई दिएको धोका र २ जिब्रे शैलीको खुलेर विरोध गरेका छन् ।

    ‘जनता कोरोना कहरले थला परिरहेका बेला खोप किन्न नसकेर जनतासँग भिख माग्दैछ । तर सत्ता टिकाउन र कुर्सी मेन्टेनेन्स गर्न २५ अर्बको चुनावी घोषणा गर्नु बिल्कुल ढोगी चरित्र साथै धोका हो,’ उनले भने, ‘कांग्रेसले लोकतन्त्रको आवाज उठाएर २०६२/६३ मा सडक तताउँदै गर्दा ओली बयलगाडा चढेर अमेरिका जाँदै थिए, बाटो बिराएर बालुवाटार घुसेका ओली त्यतैको सत्ता स्वादमा लोभिएर तानाशाह बने ।’

    संविधानमा हुँदै नभएको धारालाई अपव्याख्या गरी राष्ट्रपतिलाई मतियार बनाएर ओली चोर शैलीमा प्रस्तुत भएको उनले बताए । ‘बरु डाकाले त चिठ्ठी लेखेर आउँथ्यो तर ओली त चोर बाटो हिँड्नुभयो,’ उनले भने ।

    कार्यक्रममा बोल्दै गच्छदारले ओली र प्रचण्डको अप्राकृतिक गठबन्धन अर्थात् जाली प्रेम सम्बन्ध र जाली प्रेमपत्रले धोका दिएको बताए । ‘पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल कुदाउँछु, ग्यास पाइप घरमा जोडिदिन्छु, भोकै कोही मर्दैन, रोगी हुनु पर्दैन, नेपाली ध्वजाबाहक पानीजहाज कोशीमै कुदाइदिन्छु भनेर हावादारी गफ लगाउँदै जनता झुक्याएको, जनताको भावनामा खेलबाड गरी ओलीले व्यापार गरे,’ गच्छदारले भने ।

    ओली सरकार आधा आकाश ओगटेका महिलाको शान्ति तथा अमनचयनको खिलाप चलेको, बलात्कार, हत्या, भ्रष्टाचार र माफियालाई प्रश्रय दिएको भएर  ओली इतिहासकै निकम्मा र असफल प्रधानमन्त्री दर्ज भएका उनले बताए । ‘संसद विघटनको असंवैधानिक बाटोलाई कांग्रेसले कुनै हालतमा क्षमा नदिने र सर्वाेच्चमा दिएको मिसिल गायब गरेर ओलीले आफैं सर्वेसर्वा हुन खोजेका छन्,’ गच्छदारले भने, ‘ओली मुखले एक र कामले अर्को गर्ने अप्रजातान्त्रिक व्यक्ति भएकाले सबै जनताले ओली चरित्रको लेखाजोखा राख्नुपर्छ ।’ 

    प्रमुख गच्छदारले ओली मात्र होइन, संसद विघटन र अहिलेको स्थिति सिर्जना गर्न प्रचण्ड र माधवकुमार नेपाल पनि धेरै जिम्मेवार रहेका प्रस्ट पारेका छन् ।

    कार्यक्रममा बोल्दै महासमिति सदस्य हाजी अब्दुल मियाले लोकतान्त्रिक अभ्यास र संविधानसभा चुनावको लागि गिरिजाप्रसाद कोइरालाले दिएको योगदानको खुलेर प्रशंसा गरेका छन् ।

    महाधिवेशन प्रतिनिधि दिपक राईले बैशाखमा चुनाव हुनेप्रति शंका रहेको हुँदा जनताले फेरि च्यालेन्ज दिन आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

    दुहबी नगरपालिकाका उपप्रमुख सुनिता दाहाल साहले ओली रबैयाप्रति आधा आकाश ओगटेका महिला समुदायले खबरदारी गर्न किञ्चित पछि नहट्ने बताएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend