काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली गन्हाएर बालुवाटार गइनसक्नु भएको बताएका छन् ।
प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै रावलले ओली गन्हाएका बताएका हुन् । नेता रावलले ओली १ नम्बर भगौडा भएको आरोप समेत लगाएका छन् ।
नेता रावलले ओलीलाई सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको भन्दै व्यंग्य गरेका छन् । ‘ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, विधिको डल्लाले धोयौं । त्यसरी धुँदाधुँदा कैयौं ड्रमका ड्रम सिद्धान्त सकिए । विधि सकिए, नीति सकिए । तर अहिले बालुवाटार वरिपरि गइसक्नु छैन, ओली गन्हाएका छन्,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।