आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

  • मिडिया डबली
  • आइतवार, माघ ४ २०७७

  • 6.0K
    SHARES

  • केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले केटाकेटीकै रगत र पसिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी पाएको जवाफ फर्काएका छन् ।

    शनिवार काठमाडौंमा आयोजित प्रदेश १ कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएपछि भट्टराईले कडा जवाफ फर्काएका हुन् ।

    प्रधानमन्त्री ओलीले ‘केटो’भन्दा आफूलाई दुःख नलागेको जनाउँदै भट्टराईले प्रधानमन्त्रीको स्तर थाहा पाउँदा खुसी लागेको बताएका छन् ।

    ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो,’ भट्टराईले शनिवार राति सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो ।’

    ओलीले योगेश भट्टराईलाई केटोको संज्ञा दिएको विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको ओलीले बताएका थिए ।

    ‘यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउँछु भनें । मन्त्री पनि बनाइयो,’ ओलीले भट्टराई भने, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend