शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीले स्वीकारे ३ वर्षसम्म ‘फेल’ भएको रहस्य !

केपी ओलीले स्वीकारे ३ वर्षसम्म ‘फेल’ भएको रहस्य !

  • मिडिया डबली
  • शनिवार, माघ ३ २०७७

  • 3.9K
    SHARES

  • केपी ओलीले स्वीकारे ३ वर्षसम्म ‘फेल’ भएको रहस्य !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को संगतमा आफू ३ वर्षसम्म ‘फेल’ भएको स्वीकारेका छन् ।

    काठमाडौंमा शनिबार आयोजना नेकपा प्रदेश १ कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई कम्युनिस्ट तालमा हिँडाउन आफूले ३ वर्ष तालिम दिए पनि असफल भएको स्वीकार गरे ।

    प्रचण्डले पदमा पुग्नका लागि आफ्नै गुरुलाई समेत पार्टीबाट लखेट्ने गरेको आरोप समेत ओलीले लगाए । 

    ‘जस्केलाबाट छिरेर विभिन्न पदमा छिर्ने बानी परेका व्यक्तिले मोहन वैद्य, आफूलाई राजनीतिमा ल्याउने गुरूलाई लखेटेर कता पुर्‍याए ? एकपल्ट डा. बाबुराम भट्टराईलाई प्रयोग गर्नुसम्म गरे, उनलाई त्यतिखेर डा. लेखेको एउटा मान्छे चाहिएको थियो, त्यो पनि खास ठाउँको, खुब प्रयोग गरे । पछि विचरा डाक्टर न साक्टर अहिले त धोती–कुर्ता लगाएर हिँड्छन् डा. साप । मान्छे झुक्याउन त्यता जानुभएछ,’ ओलीले भने ।

    नेकपा अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने, ‘विप्लवलाई फेरि जंगलतिर लखेट्दिए, तैपनि म हारिनँ । मान्छे हो भालुलाई त मान्छेले तालिम दिएको छ, गाउँका आलाकाचा ठिटाहरू ९ महिना तालिम दिँदा सेना–प्रहरी भइसक्छन् । अलि समय खेलाएपछि सर्कसवाज हुन्छ । कम्युनिस्ट तालमा हिँड्न प्रचण्डलाई ३ वर्ष तालिम दिएँ, म बजाउँछु तबेला उ नाच्छ धामी जस्तो ।’

    ओलीले प्रचण्डको अध्यक्ष पद नखोसेको भन्दै पार्टीमा फर्किन आग्रह गरेका छन् । ओलीले प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सूर्य चिन्हमा दाबी गर्न नमिल्ने बताए । 

    ‘महासचिवले केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो, केहीलाई टाउको दुख्यो कि पेट दुख्यो कि किन आएनन् थाहा भएन, पछि थाहा भयो निर्वाचन आयोग पुगेका रहेछन्, असली पार्टी हामी हौं सूर्य चिन्ह हाम्रै हुनुपर्छ भनेर निर्वाचन आयोगमा । बरमझीयामा असली मै हुँ भन्ने यति सारो हुँदैन, त्योभन्दा हद नाघेर’ उनले भने, ‘सूर्य चिन्ह दाबी गर्न जाने को ? जो एकपटक पनि सूर्य चिन्हबाट चुनाव लडेको छैन । दर्ता गरेदेखि अहिलेसम्म त्यसै चिन्हबाट चुनाव लडेका छौं । को आधिकारिक भन्ने प्रस्ट छैन र ?’

    २०७४ असोज १४ गते प्रचण्डसँग एउटै चिन्हवाट चुनाव लडौं भन्ने सहमति भएको भएपनि प्रचण्ड त्यो सहमतिबाट पछि हटेको आरोप ओलीले लगाए । ‘सहमति नतोडेको भए कमसेकम एकपटक त सूर्यबाट चुनाव लडेको हुन्थ्यो । अहिले उहाँलाई सूर्य चिन्ह चाहियो । सूर्य चिन्ह चाहिन्छ भने पार्टीमा आउनुस् न !’ उनले भने ।

    ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्ने समूहले तर्क नभेटेपछि झूटको सहारा लिएको आरोप लगाए । ‘निर्वाचन हुनु हुँदैन, पुरानै संसद पुनर्स्थापना हुनुपर्छ भनेर सर्वोच्च जानुभएछ । कुनै तर्क छैन, झूटको सहारा लिएर बोल्न जानु हुन्छ । फलानो फलानो न्यायाधीश प्रधानमन्त्रीकोमा भेट्न गए, योभन्दा ठूलो बेइमानी के हुन्छ ? न्याय प्रणालीमाथि यो गम्भीर प्रहार हो, योभन्दा घिनलाग्दो कुरा के हुन्छ ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend