आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गगन थापा र विश्वप्रकाश शर्माले बिहानै गरे यस्तो आह्वान

गगन थापा र विश्वप्रकाश शर्माले बिहानै गरे यस्तो आह्वान

  • मिडिया डबली
  • शनिवार, माघ ३ २०७७

  • 11.9K
    SHARES

  • गगन थापा र विश्वप्रकाश शर्माले बिहानै गरे यस्तो आह्वान

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेताहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको निर्णय अनुसार आज शनिबार देशभर हुने विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् ।

    कांग्रेस प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्माले शनिबार देशब्यापी रूपमा ७५३ गाउँ/नगरमा एकैसाथ विरोध प्रदर्शन हुने जानकारी दिँदै सहभागी हुन आह्वान गरेका छन् । 

    शर्माले ट्विटरमा लेखेका छन्, ‘जुटौं संसद विघटनको असंवैधानिक कदम विरुद्ध ! उठौं लोकतान्त्रिक संविधान रक्षाका लागि !’
    नेता गगनकुमार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली काँग्रेस बूढानीलकण्ठ नगर कार्यसमितिको आयोजनामा आज दिउँसो १ बजे हात्तीगौंडामा जम्मा भई र्‍यालीसहित गल्फुटार बास्केटबल कोर्टमा हुने विरोध सभामा उपस्थित हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।’

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि कांग्रेसले विभिन्न विरोधका कार्यक्रम गरिरहेको छ ।

    प्रधानमन्त्री ओलीबाट छुट्टिएको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) ले समेत सरकारविरुद्ध विरोध कार्यक्रम गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend