शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीमाथि ठूलै कारवाहीको तयारी, यस्तो भयो निर्णय

केपी ओलीमाथि ठूलै कारवाहीको तयारी, यस्तो भयो निर्णय

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 4.8K
    SHARES

  • केपी ओलीमाथि ठूलै कारवाहीको तयारी, यस्तो भयो निर्णय

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलै कारवाही गर्ने तयारीस्वरूप नेकपा प्रचण्ड–नेपाल पक्षले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    पार्टी हितविपरीत काम गरेको आरोप लगाउँदै प्रचण्ड–नेपाल पक्षले ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत किन कारवाही नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।

    तर स्पष्टीकरणको जवाफ ओलीले दिने सम्भावना नरहेको नेकपा स्रोतले जनाएको छ । ओलीले जवाफ नदिएको खण्डमा एकलौटी रूपमै कारवाहीको निर्णय हुने जनाइएको छ ।

    प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रचण्ड–नेपाल पक्षले यसअघि नै अध्यक्ष पदबाट ओलीलाई हटाएको थियो । तर उनी केन्द्रीय सदस्य पदमा कायमै थिए । अब उनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने तयारी भइरहेको छ ।

    प्रचण्ड–नेपाल पक्षले ओली पक्षीय नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई महासचिव पदबाट हटाउने निर्णय समेत गरेको छ । नेकपा कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको हो ।

    बैठकले माघ १६ गते बृहत् जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ । शहीद दिवसको अवसर पारेर जनप्रदर्शन गर्ने निर्णय गरिएको जनाइएको छ ।

    बैठकले १ नम्बर प्रदेशको अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । प्रदेश सहइन्चार्जमा जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेशल खतिवडा र जगनाथ खतिवडालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend