काठमाडौं – कुनै बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीले प्रयोग गरेको नाम नेकपा माओवादी केन्द्र पुनः ब्यूतिएको छ ।
शुक्रबार ७ कम्युनिस्ट पार्टीबीच एकता घोषणा गर्दै नेकपा माओवादी केन्द्र ब्यूतिएको हो ।
रिपोर्टर्स क्लब नेपालमा ७ वटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका छन् । केन्द्रले निरन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभूमिबाट आएका ७ वटा पार्टी एकतापछि ‘पुनर्गठित नेकपा माओवादी केन्द्र’ घोषणा भएको छ ।
नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ । पार्टीको झण्डा हँसियाहथौडा नै रहने भएको छ ।
कार्यक्रममा पुनर्गठित नेकपा माओवादी केन्द्रका अध्यक्ष भविसोर पराजुलीले कम्युनिस्टहरूबीच विभाजन आइरहँदा एकता अभियान सुरू गरेको बताएका छन् । ‘सच्चा कम्युनिस्टहरूबीचको एकता अभियान चलेर धुव्रीकरणले गति लिनेछ,’ उनले भने, ‘माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिइनेछ । तत्कालीन माओवादी केन्द्रलाई पुनर्गठित गरेर पुनर्गठित नेकपा माओवादी केन्द्र गठन गरेर यहाँसम्म आएका छौं ।’
कार्यक्रममा वामपन्थी नेता दलविर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिन भएको बताएका छन् । ‘अहिले देशको राजनीतिक परिस्थितिको अवस्था सबै नेपालीले बुझिसकेका छन्,’ उनले भने । सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेमा उनले जोड दिए ।
पुनर्गठित नेकपा माओवादी केन्द्रका सल्लाहकार विनोद आचार्यले ७ पार्टीबाट नेपालको भविष्य राम्रो बनाउने विश्वास गरेका छन् । आचार्यले भने, ‘नेपाललाई समाजवादी नीतिबाट देशका कुनै पनि नागरिकले काम खोज्न विश्वका कुनै पनि स्थानमा जान नपरोस् ।’
नेपाल कम्युनिस्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपाल श्रमजीवि पार्टी, नेकपा (माक्र्सवादी), पूर्व जनमुक्ति सेना एकता पार्टी र थारु राष्ट्रिय मुक्ति मोर्चाबीच पार्टीगत एकता भएको छ । पार्टी एकतामा सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक विषयमा खुला र मैत्रीपूर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति समेत भएको छ ।
यस्तो छ संयुक्त वक्तव्य –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।