बिहिवार, फाल्गुण १३ २०७७Feb 25 2021

Logo
images
images
images
images

यत्रो अपराधमा नेकपाकी यी सांसदलाई २५ लाख तिराउने अदालतको फैसला, २ जनालाई कैद

यत्रो अपराधमा नेकपाकी यी सांसदलाई २५ लाख तिराउने अदालतको फैसला, २ जनालाई कैद

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 26.6K
    SHARES

  • यत्रो अपराधमा नेकपाकी यी सांसदलाई २५ लाख तिराउने अदालतको फैसला, २ जनालाई कैद

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार भई लुम्बिनी प्रदेशसभा सदस्य बनेकी बिमला ओलीलाईबाट २५ लाख रुपैयाँ बिगो तिराउने फैसला अदालतले गरेको छ ।

    मानव बेचबिखन मुद्दामा ओलीबाट बिगो भराउने फैसला अदालतले सुनाएको छ ।

    images
    images

    पीडित नरेन्द्र बस्नेतले मानव बेचबिखन ब्यूरो काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दिएका थिए । मुद्दामा फैसला सुनाउँदै अदालतले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको हो ।

    पीडित नरेन्द्रलाई अमेरिका पठाउने मुख्य व्यक्ति लुम्बिनी प्रदेशका तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको मृत्यु भइसकेको छ । उत्तरको मृत्यु भइसकेकाले उत्तरकी पत्नी लुम्बिनी प्रदेश सभाकी प्रदेशसभा सदस्य विमला ओलीले २५ लाख रुपैयाँ बिगो तिर्नुपर्ने फैसला अदालतले गरेको छ ।

    अभियुक्त घोराही–१४ मिलनचोक निवासी टोपबहादुर जिसीलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसीपुर निवासी मुकुन्दराज जीसीलाई १ वर्ष कैदको फैसला गरेको छ ।

    पीडक ३ जनाकै संलग्नतामा नरेन्द्रलाई अमेरिका पठाउने योजना बुनिएको अदालतले ठहर गरेको छ । पीडित बस्नेतलाई अवैधरूपमा अमेरिका पठाउन इक्वेडर, कोलम्बिया हुँदै पनामा लगिएको थियो । पनामाबाट ६ दिन जंगलको बाटो हिँडाएर कोस्टारिका हुँदै निकारागुवा पुर्‍याईपछि होन्डुरस हुँदै ग्वाटेमाला लगेर उनलाई फेरि अलपत्र पारिएको थियो ।

    दाङका नरेन्द्र बस्नेतले अमेरिका पुगेर पैसा कमाउने र ग्रीनकार्ड पनि लिने आशामा नेकपामा आवद्ध दलालहरूलाई पैसा खुवाएका थिए । तर अमेरिका टेकेकै दिन उनी जेल परेका थिए ।

    पीडित नरेन्द्रले १७ महिना अमेरिकी जेलमा बसेर काठमाडौं फर्किएपछि आफूलाई फसाउनेहरूमाथि मुद्दा दायर गरेका थिए । अमेरिकाको जेलबाट छुटेर आउँदासम्म नरेन्द्रले ७५ लाख ९७ हजार रुपैयाँ खर्च भएको बताएका छन् । तर जिल्ला अदालत काठमाडौंले डुबेको रकमको आधा हिस्सा मात्रै बिगो भराउने फैसला गरेको छ ।

    पुस १९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको छ । तर अदालतले बिगो रकम आधा अर्थात् ३७ लाख रुपैयाँ मात्रै भराउने फैसला गरेको छ ।

    जिल्ला अदालतले आधा मात्रै बिगो भराउने आदेश दिएपछि उनी उच्च अदालत जाने भएका छन् । आधा मात्रै बिगो पाउँदा आफूमाथि न्याय नहुने नरेन्द्रको जिकिर छ ।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०१:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology