शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओली निकट यी अध्यक्ष नै विरोधमा उत्रिएपछि अर्काे धक्का !

केपी ओली निकट यी अध्यक्ष नै विरोधमा उत्रिएपछि अर्काे धक्का !

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 15.1K
    SHARES

  • केपी ओली निकट यी अध्यक्ष नै विरोधमा उत्रिएपछि अर्काे धक्का !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि नेपालका धेरै नेताहरू ओलीको विरोधमा छन् ।

    ओली पक्षमा रहेका नेताहरू भने केही चुपचाप लागेका छन् भने केही चुनावको समर्थन गरिरहेका छन् ।

    ओली पक्षीय नेता तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लामो समय संसद विघटनका विषयमा मौन बसे । उनी प्रधानमन्त्री ओलीकै समर्थनमा राष्ट्रियसभा अध्यक्ष बन्न सफल भएका थिए ।

    नेपाल पत्रकार महासंघ कास्कीले शुक्रवार पोखरामा आयोजना गरेको १५ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद विघटन जनताको चाहना नभएको र राष्ट्रको हितमा पनि नरहेको अभिव्यक्ति दिएका छन् ।

    ‘नेपाली जनताले इतिहासमा आफ्नो पूर्ण कार्यकाल बिताएको लोकतान्त्रिक सरकार हालसम्म पनि देख्न नपाउनु विडम्बनाको कुरा हो, यो कत्ति पनि राम्रो होइन,’ तिमिल्सिनाले भने, ‘२०१५ सालमा दुईतिहाइको सरकार महेन्द्रको कारण गयो, त्यो समय सरकार मात्र गएन व्यवस्था पनि गयो, २०४८ सालमा बहुदल प्राप्त गरेपछिको पहिलो सरकार बहुमतको थियो, त्यो पनि मध्यावधिमा गयो ।’

    राजनीतिक हिसाबले यसरी सरकारहरू अस्थिर भइरहने कारणले विकास निर्माण पनि हुन नसकेको निचोड दल र नेताहरूले निकालेको उनले बताए । ‘यही विषयलाई विचार गरेर जनताले स्थिर सरकारका लागि बहुमत दिएका भए पनि परिस्थिति सो अनुकूल अघि बढ्न नसक्नु विडम्बना हो,’ उनले भने ।

    ‘तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मोर्चा बनाएर जाँदा झण्डै दुईतिहाइको बहुमत प्राप्त भयो, त्यो स्थिरताका लागि थियो । तर त्यो स्थिरता नेकपाले दिन सकेन । उल्टै दुईतिहाइको सरकार विघटनसँगै पार्टी पनि फुटको सघारमा पुग्यो । यस्तो खालको कुरा नेपाली जनता कसैले चाहेको कुरा पनि होइन र देशको हितमा पनि छैन,’ तिमिल्सिनाले भने ।

    जनताको चाहना र देशको आवश्यकतालाई नेता र दलहरूले ध्यान दिनुनर्पे बताउँदै उनले जनताको अभिमतप्रति नेताहरूले कदर गर्ने र पालना गर्ने कुरामा चुक्दा इतिहासले माफी नदिने उनले बताए ।

    संसद विघटन देश र जनताको हितमा नभए पनि अब चुनाव भएरै छाड्ने दाबी उनले गरे । ‘एउटा कुरा गरिएको छ नि अहिले चुनाव हुँदै हुँदैन भन्ने । चुनाव हुने/नहुने पहिलो कुरा अदालतमा भर पर्छ, चुनाव हुँदैन भनि किन प्रश्न गर्ने ?’ तिमिल्सिनाले भने ।

    ‘चुनाव हुनुपर्छ हुन्छ, हुन्छ, हुन्छ भनेर जानुपर्छ । चुनाव गराउनुपर्छ, पहिला आंशका गर्दै गरेर गए अस्थिरता चाहने तत्वहरूलाई बल पुग्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend