शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

महेश बस्नेतको अवधारणामा केपी ओलीको ‘साइबर फोर्स’ गठन, यी व्यक्तिलाई प्रमुखको जिम्मा

महेश बस्नेतको अवधारणामा केपी ओलीको ‘साइबर फोर्स’ गठन, यी व्यक्तिलाई प्रमुखको जिम्मा

  • मिडिया डबली
  • बिहिवार, माघ १ २०७७

  • 12.6K
    SHARES

  • महेश बस्नेतको अवधारणामा केपी ओलीको ‘साइबर फोर्स’ गठन, यी व्यक्तिलाई प्रमुखको जिम्मा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ‘साइबर सेना’ गठन गर्ने अवधारणा सार्वजनिक गरेका थिए ।

    सोही अवधारणा अनुसार ओली पक्षले कर्णाली प्रदेशमा पहिलोपटक साइबर फोर्स गठन गरेको छ । ओली सरकारले गरेका राम्रा काम जनतासम्म सहज र छिटो पुर्‍याउने उद्देश्यले कर्णालीमा साइबर फोर्स गठन भएको जनाइएको छ ।

    केन्द्रमा साइबर सेना गठन नहुँदै युवा संघको विभागका रूपमा पहिलो पटक कर्णालीमा विद्यार्थी नेता राजेन्द्र अधिकारीको नेतृत्वमा साइबर फोर्स गठन भएको छ । अधिकारीलाई साइबर फोर्सको कर्णाली प्रदेश प्रमुख बनाइएको छ ।

    फोर्समा अधिकारीसहित २८ जनालाई सदस्य बनाइएको छ । कर्णालीको जाजरकोटमा समेत फोर्स गठन भएको र अन्य जिल्लामा विस्तारको प्रक्रिया अगाडि बढाइएको साइबर फोर्स कर्णालीका प्रमुख अधिकारीले जानकारी दिए ।

    ‘हामीले केन्द्र, प्रदेश र जिल्लाका पार्टीसँग सहकार्य गरेर साइबर फोर्स गठन गरेका छौं,’ अधिकारीले भने, ‘सरकारले गरेका राम्रा काम जनतासम्म छिटो र सहज ढंगले पुर्‍याउने काम गर्नेछौं ।’ 

    युवा पुस्ताको सोच, विचार र क्रियाकलाप सामाजिक सञ्जालमा प्रयोग गर्दै आएको हुँदा इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जाल प्रयोग गर्न साइबर फोर्स गठन गरिएको अधिकारीले बताए । ‘सामाजिक सञ्जाल असल विचार र व्यवहारको सम्प्रेषण गर्ने थलो भए तापनि यसको गलत प्रयोग गर्दै जनताबीच भ्रम छर्ने र समयलाई नकारात्मक दिशातर्फ मोड्न एउटा शक्ति प्रयत्नरत देखिन्छ,’ अधिकारीले भने, ‘यस्तोखाले भ्रम चिर्न व्यक्तिगत लाल्छना र गालीगलौज नभई सत्यतथ्य विषय जनतासम्म पुर्‍याउँछौं ।’

    साइबर फोसमार्फत कर्णालीका जनतालाई सजग र सचेत बनाउने अधिकारीले बताए । सबैखाले कूरीति, कूसंस्कार, प्रतिगमन, गैरराजनीतिक क्रियाकलापविरुद्ध सामाजिक सञ्जालमार्फत् जनतासम्म सचेतना अभियान सञ्चालन गर्ने साइबर फोर्सले जनाएको छ ।

    व्यक्तिवादी चिन्तनबाट माथि उठेर राष्ट्रिय हितमा भएका गतिविधिको जनतामा प्रस्ट रूपमा सचेतना जागृत गर्ने कार्य साइबर फोर्सले दाबी गरेको छ । सरकारले गरेका जनमुखी, विकासका कामहरूबारे जनतामा सही जानकारी छिटो छरितो रूपमा सामाजिक सञ्जालमार्फत पुर्‍याउने कार्य गर्ने साइबर फोर्सको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।

    ‘सामाजिक सञ्जालमा नेतृत्वप्रति अपमान, मानमर्दन तथा अपशब्द प्रयोग गर्ने क्रियाकलापविरुद्ध सचेतनात्मक आवाज उठाइने छ,’ फोर्सको उद्देश्यमा उल्लेख छ, ‘नियोजत रूपमा नेतृत्वको चरित्र हत्या गर्ने खालका क्रियाकलापविरुद्ध सशक्त रूपमा प्रतिवाद गर्ने ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend