आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेलका यी नातेदारलाई देशभरको चुनावी सुरक्षाको जिम्मा !

ईश्वर पोखरेलका यी नातेदारलाई देशभरको चुनावी सुरक्षाको जिम्मा !

  • मिडिया डबली
  • बिहिवार, माघ १ २०७७

  • 5.1K
    SHARES

  • ईश्वर पोखरेलका यी नातेदारलाई देशभरको चुनावी सुरक्षाको जिम्मा !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनसुनमा केही हप्ताअघि नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवा भए । नातेदारको पहुँचले सुटुक्क टिपेर बढुवा हुँदै आएका पोखरेल आलोचनाको शिकार समेत भए ।

    उनै पोखरेललाई फेरि प्रहरी नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा समन्वय हेर्ने जिम्मा पोखरेलले पाएका छन् ।

    नेपाल प्रहरीले आगामी बैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ३७ सदस्यीय निर्वाचन समिति बनाएको छ, जसमा एआईजी पोखरेललाई नेतृत्व दिइएको छ ।


    प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको छ ।

    समितिमा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ समेत रहेका छन् । निर्वाचन तयारी तथा समन्वय समितिको नेतृत्व पाएका पोखरेलले निर्वाचनका लागि शान्ति सुरक्षाको योजना, रणनीतिदेखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधनदेखि आर्थिक व्यवस्थापनसम्मको खाका बनाउने काम सुरू गरिएको बताइएको छ ।

    निर्वाचनका लागि आवश्यक सुरक्षा योजना, जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोतसाधनका विषयमा प्रारम्भिक अध्ययनको काम शुरू गरिएको स्रोतले जनाएको छ । मन्त्री पोखरेलका नातेदारले देशभरको चुनावी सुरक्षाको जिम्मा पाएपछि चुनावका बेला प्रहरी कम्युनिस्ट ढल्किने खतरा हुने जानकारहरू बताउँछन् ।

    समितिले म्यादी प्रहरी भर्नाका लागि आवश्यक पर्ने खाका समेत तयार गर्नेछ । त्यसका लागि निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदान स्थलको पुनरावलोकनको काम सकेपछि निर्णय हुने जनाइएको छ । हाल निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण तथा पुनरावलोकनको काम भइरहेको छ ।


    समितिले बनाएको प्रारम्भिक खाकाका आधारमा नेपाल प्रहरीले सरकारसँग निर्वाचनका लागि आवश्यक पर्ने स्रोतसाधनको माग गर्ने तयारी छ । यसअघि गृह मन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्वलाई निर्देशन दिइसकेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend