शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

छुट्टै हिँडेपछि प्रचण्डले केपी ओलीसँग मागे यस्तो प्रमाण !

छुट्टै हिँडेपछि प्रचण्डले केपी ओलीसँग मागे यस्तो प्रमाण !

  • मिडिया डबली
  • बुधवार, पौष २९ २०७७

  • 4.4K
    SHARES

  • छुट्टै हिँडेपछि प्रचण्डले केपी ओलीसँग मागे यस्तो प्रमाण !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टाछुट्टै हिँडिरहेका छन् । तर दुवै एकै पार्टीमा हुँदाताकाका कुराले अझै छाड्न सकेको छैन ।

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएको एउटा प्रमाण दिन चुनौती दिएका छन् । यसअघि ओलीले आफूलाई प्रचण्ड र माधवकुमार नेपालले काम गर्न नदिएको आरोप लगाउने गरेका थिए ।

    आज बुधवार नेकपा प्रचण्ड–नेपाल पक्षको काठमाडौं कमिटीले गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई प्रमाण दिन चुनौती दिएका छन् ।

    ‘केपी ओलीले हामीले काम गर्न नदिएको आरोप लगाउनुभएको छ । केपीजी एउटा प्रमाण दिनुहोस्,’ प्रचण्डले भने, ‘काम गर्न दिएनन् भनेर एउटा प्रमाण दिन चुनौती दिन्छु ।’  

    प्रतिनिधिसभा विघटनविरुद्ध सुरू भएको आन्दोलनले आँधीहुरी ल्याउने बताउँदै प्रचण्डले ओलीको नौटंकी र राजनीतिक जोकरका पछाडि कोही नलाग्ने बताएका छन् । ‘अब केपी ओलीको नौटंकी र राजनीतिक जोकरपनको पछाडि कोही लाग्ने छैन,’ उनले भने ।

    आफ्नो पक्षलाई भगौडा भनेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले ओलीमाथि उल्टै प्रश्न गरेका छन् । ‘हामीलाई भगौडा भन्नुभएछ, ७२ प्रतिशत केन्द्रीय कमिटी भगौडा, ३० प्रतिशत समेत नभएको चाहिँ रैथाने ?’ उनले प्रश्न गरे ।

    पार्टी बैठक नै नगर्ने ओली आफैं भगौडा भएको उनले बताए । ‘बैठक गरौं भनेर लाइन लागेर जाँदा बैठकबाट भाग्ने उहाँ चाहिँ भगौडा नहुने, हामी चाहिँ भगौडा हुने ?’ उनले सोधे, ‘पार्टीलाई लात हानेर भाग्ने चाहिँ भगौडा नहुने हामी चाहिँ भगौडा ? मानिसमा अलिअलि लाज पनि हुनुपर्ने नि !’

    पूर्व एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमले छाडेपछि पनि ओलीले आफूलाई राम्रोसँग नहेरेको आरोप लगाएका छन् । प्रचण्डले एक पटक ऐना हेर्न ओलीलाई सुझाव दिएका छन् । 

    ‘एक पटक ऐनाको अगाडि राम्रोसँग आफ्नो अनुहार हेर्नु पर्दैन केपी ओलीले ?’ उनले भने, ‘सबै साथीले छोडेपनि प्रचण्डलाई यत्तिसाह्रै खेद्नुपर्ने कारण के पर्‍यो ?’ 

    प्रधानमन्त्री ओलीले कुर्सी छोड्नुपर्छ भनेर कुर्सी मात्र नभएर संविधान नै भाँचेको आरोप प्रचण्डले लगाए । ‘छोड्नुपर्दा कुर्सी नै भाँचेर छोड्नुभयो । उहाँले त संविधान नै भाँच्नुभयो,’ प्रचण्डले सोधे, ‘राष्ट्र नै बर्बाद पार्ने ठाउँसम्म जाने ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend