काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेको बेला सरुवा र बढुवाको चलखेल भइरहेको छ ।
चुनावको मिति घोषणा गरेपछि सरुवा–बढुवा गरिनुलाई चुनाव प्रभावित गर्ने षड्यन्त्रका रूपमा हेर्ने गरिन्छ । केही दिनअघि प्रधानमन्त्री ओलीले आफ्ना पूर्व सुरक्षा गार्डलाई गृहजिल्ला झापाको एसपीमा सरुवा गरेका थिए ।
बुधबार नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयको बुधवार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले पहिलो नम्बरमा एसपी कृष्णकुमार महतलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । त्यसपछि क्रमशः गोविन्दबहादुर साह, उमाशंकर परियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँइटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
केही दिनअघि निर्वाचन आयोगका कर्मचारीको सरुवा गरिएपछि प्रचण्ड–नेपाल पक्षले गम्भीर आशंका गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।