काठमाडौ - नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई बझाङमा कालोझण्डा देखाइएको छ ।
नेकपा ओली समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न बझाङ पुगेका मन्त्री ठगुन्नालाई प्रचण्ड–माधव समूहको अनेरास्ववियू र युवा संघ बझाङले जिल्लाको सिमखेत नजिकै पक्कीपुलमा टायर बाल्दै कालो झण्डा देखाएको हो । केही समयका लागि बनेका म्यादी मन्त्री भन्दै अनेरास्ववियूले नारा जुलुस पनि गरेको थियो ।
सोमबार मात्रै गृह जिल्लामा ओली पक्षको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठगुन्नाले काँग्रेसबाट निर्वाचित स्थानीय तहहरुलाई विकासको बजेट आफ्नै पार्टीबाट ल्याउ भनेका थिए ।
संघियताको सिद्धान्त अनुसार नेकपाको केन्द्र र प्रदेश सरकारले समानुपातिक रुपमा स्थानीय तहहरुमा बजेट विनियोजन गर्ने भएपनि नेपाली काँग्रेसबाट चुनाव जितेका स्थानीय तहहरुमा बजेट काँग्रेसीकरण भएको आरोप उनको थियो । साथै उनले अब निर्वाचनलाई केन्द्र बनाएर हरेक ठाउँमा काँग्रेस हराउन आफ्नो दल बल लगाउने समेत सभाबाटै बोले ।
यसअघि नेकपाकै प्रचण्ड–माधव समूहले जिल्लामा विरोध सभाको आयोजना गर्दै हालै मन्त्री बनेका ठगुन्नालाई म्यादी मन्त्री अर्थात दुई÷तीन महिनाका मन्त्री भनेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।