बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली–प्रचण्डका कार्यकर्ता कुटाकुट, भीम रावलका समर्थकले गरे ओली गुटका नेतामाथि आक्रमण

ओली–प्रचण्डका कार्यकर्ता कुटाकुट, भीम रावलका समर्थकले गरे ओली गुटका नेतामाथि आक्रमण

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 20.0K
    SHARES

  • ओली–प्रचण्डका कार्यकर्ता कुटाकुट, भीम रावलका समर्थकले गरे ओली गुटका नेतामाथि आक्रमण

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय नेता कार्यकर्ता भौतिक रूपमै लड्न थालेका छन् ।

    प्रचण्ड–नेपाल पक्षीय नेता भीम रावलको गृहजिल्ला अछाममा ओली पक्षीय नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमाथि आक्रमण र तोडफोड भएको छ ।

    अध्यक्ष थापा  प्रचण्ड–नेपाल पक्षीय नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलको गृहजिल्ला अछाममा आमसभालाई सम्बोधन गर्न गएका थिए । प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिने रावलको गृहजिल्लामा ओली पक्षकै नेतामाथि आक्रमण भएको हो । पछिल्लो समय ओली पक्षीय नेता/कार्यकर्ताले समेत भीम रावलको चर्काे आलोचना गर्ने गरेका छन् ।

    प्रचण्ड–नेपाल पक्षका युवा संघ नेपाल र अनेरास्ववियूका युवाले अध्यक्ष थापा चढेको प्रदेश ३–०१ ०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र थापाले थापा चढेको गाडीमा ढुंगा लागेको बताएका छन् । ‘दुई पक्षबीच झडप हुँदा जीपमा ठूलो ढुंगा लागेको हो । सीसा चर्किएको छ,’ थापाले भने ।

    युवा संघ नेपालका केन्द्रीय सदस्य दीपक कुँवरले असंवैधानिक कदम चालेर जनता भड्काउन आउनेहरूलाई लखेटिने चेतावनी दिएका छन् । ‘आजको कार्यक्रम सुरूआत मात्रै हो । असंवैधानिक कदम चालेर जनता भड्काउन आउनेलाई हामी छोड्दैनौं,’ कुँवरले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend