काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन केन्द्रित भएर सबै सुरक्षा निकायका अधिकारीसँग बैठक गरेका छन् ।
बैठकपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनको माहोल बनिरहेको दाबी गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सुरक्षा निकायका प्रमुखसहित सोमवार बसेको बैठकपछि गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको माहोल क्रमशः बनिरहेको जनाएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
बैठकमा अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । सरकारमा रहेको नेकपा ओली पक्षबाहेक अन्य राजनीतिक दलले संसद विघटनको विरोध गरिरहेका छन् ।
यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।