शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

पत्राचारले हैरान भएका प्रचण्ड अकस्मात निर्वाचन आयोगमा, यसरी सूर्य चिह्न पाइएला ?

पत्राचारले हैरान भएका प्रचण्ड अकस्मात निर्वाचन आयोगमा, यसरी सूर्य चिह्न पाइएला ?

  • मिडिया डबली
  • सोमवार, पौष २७ २०७७

  • 4.1K
    SHARES

  • पत्राचारले हैरान भएका प्रचण्ड अकस्मात निर्वाचन आयोगमा, यसरी सूर्य चिह्न पाइएला ?

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि सूर्य चुनाव चिह्न कसले पाउने भनेर सर्वत्र चासो देखिन्छ । सूर्य चिह्न आफ्नो पक्षमा पार्न विभाजित नेपाल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बढी सक्रिय देखिन्छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली भने तुलनात्मक रूपमा कम सक्रिय छन् । निर्वाचन आयोगले पटक–पटक पठाएका पत्रले हैरान भएका प्रचण्ड–नेपाल सोमबार अकस्मात आफैं निर्वाचन आयोग पुगेका छन् ।

    चुनाव चिह्न र नेकपाको आधिकारिकता कसले पाउने चासोबीच सबैको ध्यान निर्वाचन आयोगतिर छ । चुनाव चिह्न र पार्टीको आधिकारिकता सँगसँगै प्रचण्ड–नेपालले निर्वाचनको तयारी रोक्न समेत माग गरेका छन् ।

    निर्वाचन आयोगको कार्यालय पुगेर अध्यक्षद्वय प्रचण्ड र नेपालले तत्काल निर्वाचनको तयारी प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए ।

    निर्वाचन आयोगका सहसचिव लक्ष्मीप्रसाद गौतमले निर्वाचनका कार्यक्रम रोक्न र दलबारे कागजात उपलब्ध गराउन २ वटा पत्रमार्फत अनुरोध गरिएको जानकारी दिए ।

    ‘आज उहाँले २ वटा पत्रमार्फत अनुरोध गर्नुभएको छ । एउटा नेकपा दर्ता भएयता हालसम्मको कागजात पाउँ भन्नेबारे । नेकपा विवादका बेला हामीसँग भएका सक्कल कागजातबारे हो । हामीसँग भएका कागजातबारे हामी यहीबाट उपलब्ध गराउछौं । दोस्रो, निर्वाचनका कार्यक्रम रोकिपाउँ भन्नेबारे छ,’ गौतमले भने ।

    यसअघि निर्वाचन आयोगले प्रचण्ड–नेपाल र ओली पक्षलाई छुट्टाछुट्टै पत्र पठाएको थियो । प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै आगामी बैशाखमा निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend