शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली कसको तागतमा उधूम मच्चाउँदैछन् ?

ओली कसको तागतमा उधूम मच्चाउँदैछन् ?

  • मिडिया डबली
  • सोमवार, पौष २७ २०७७

  • 8.7K
    SHARES

  • ओली कसको तागतमा उधूम मच्चाउँदैछन् ?

    काठमाडौं - आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने संकेत पाएलगत्तै प्रधानमन्त्री केपी ओलीले हठात संसद् विघटन गरिदिए ।

    त्यसअघि नै आफ्ना आसेपासेलाई संवैधानिक अंगमा नियुक्ति दिलाउन रातारात संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याए । चौतर्फी विरोधका बाबजुद पनि उनले त्यसलाई सच्याउन आवश्यक ठानेनन् ।

    प्रतिनिधिसभा भंग गरिदिएको रोष राष्ट्रिय सभा बैठकमा सांसदहरूले पोखेपछि ओलीले चारै दिनमा राष्ट्रिय सभाको बैठक पनि अन्त्य गरिदिएका छन् । अर्थात् आफूविरुद्ध कसैले गाली र विरोध गरेको उनी सुन्न चाहँदैनन् ।

    अहिले उनी नेकपाको अर्को समूहका नेताहरूको हुर्मत लिन कस्सिएका छन् । त्यसका लागि उनले आफूनिकटलाई सर्कुलर नै गरिसकेका छन् । जहाँ हुन्छ प्रचण्ड माधव नेपालको सात्तो लिन उनले निर्देशन नै दिएका छन् ।

    यतिबेला उनी पूर्वप्रधानन्यायाधीश, कानुन व्यवसायीको हुर्मत लिन थालेका छन् । उनीहरूको पेसामाथि धावा बोल्न थालेका छन् । मैले भनेकै हुुनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना गर्नु हुन्न, पुनःस्थापना हुँदै हुँदैन भन्दै अदालतलाई धम्क्याइरहेका छन् ।

    ओलीको जति त पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गरेका थिएनन् । यी सबै उधूम मच्चाउन ओलीलाई कहाँबाट शक्ति प्राप्त भयो ? कसको तागतमा ओलीले यी सबै गरिरहेका छन् ? भन्ने मानिसहरूले अझै ठम्याउन सकेका छैनन् । 

    जानकारहरूका अनुसार यदि नेपाली कांग्रेसले दह्रोसँग खुट्टा टेक्ने हो भने ओली लल्याकलुलुक हुने सम्भावना धेरै छ । तर, कांग्रेसको ढुलमुले चरित्रका कारण ओलीले उधूम मच्चाइरहेका छन् । कांग्रेसले एकढिक्का भएर प्रतिनिधिसभा पुनःस्थापना माग गरेमा ओली ओइलाएको साग जस्तै बन्ने नेताहरूको बुझाई छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend