काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएका बेला पार्टी परित्याग गर्ने संख्या देशभर बढेको छ ।
विभिन्न जिल्लामा जस्तै आईतबार तनहुँमा समेत २०० नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
आईतबार तनहुँको भानु नगरपालिकाको सिमपानी, प्रगतिनगर र भन्सारमा आयोजित कार्यक्रममा २०० भन्दा बढी स्थानीय नेता कार्यकर्ताले नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले टीका लगाई स्वागत गरेका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।