आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

विष्णु रिमाल केपी ओलीका ‘साइवर सेना सदस्य’ कि प्रमुख सल्लाहकार ?

विष्णु रिमाल केपी ओलीका ‘साइवर सेना सदस्य’ कि प्रमुख सल्लाहकार ?

  • मिडिया डबली
  • आइतवार, पौष २६ २०७७

  • 6.8K
    SHARES

  • विष्णु रिमाल केपी ओलीका ‘साइवर सेना सदस्य’ कि प्रमुख सल्लाहकार ?

    काठमाडौं - आफ्नै पार्टीदेखि अन्य राजनीतिक दल र शुभेच्छुकले समेत आलोचना गर्न थालेपछि प्रधानमन्त्री केपी ओलीका सल्लाहकारहरू निकै छटपटीमा पर्न थालेका छन् ।

    प्रधानमन्त्री ओलीले हठात प्रतिनिधिसभा भंग गरेपछि त्यसलाई संवैधानिक भन्दै प्रचार गर्न र जसरी पनि वैशाखमा निर्वाचन हुन्छ भनेर जनतामा गोयवल्स शैलीमा प्रचार गर्न बालुवाटारले ‘साइवर सेना’ गठन गरेको छ ।

    सो सेनाको संयोजकमा महेश बस्नेत रहेका छन् । अहिले त्यही साइवर सेनाका एक सदस्यका रूपमा प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल प्रस्तुत भएका छन् ।

    रिमालले प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने जोकसैलाई पनि धम्की दिन थालेका छन् । रिमालले शनिबार राति विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ‘सीमामा बस्नुस्’ भन्दै धम्क्याएका थिए ।

    मिश्रले काण्डैकाण्डै र प्रमुख भ्रष्टाचारीले आह्वान गरेको आमसभा र जुलुसमा हजारौं मानिस गएको भन्दै अब अति भो भन्ने आशयको ट्विट गरेका थिए ।

    जसप्रति कमेन्ट गर्दै रिमालले सीमामा बस्नुस् भन्दै धम्की दिएका थिए । रिमाल जनताको कर खाएर जनतालाई नै धम्की दिने पात्रका रुपमा परिचित छन् ।

    यसअघि उनले ओलीका विरोधी त्यसमा पनि पूर्वमाओवादी समर्थकलाई ‘छौंडा’को विशेषण दिएका थिए । रिमाल प्रधानमन्त्रीको सल्लाहकार भन्दा पनि तल्लो लेवलको कार्यकर्ताको हैसियतमा ओर्लेको भन्दै उनको आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend