भक्तपुर - नेपाल तरुण दल मध्यपुर थिमि नगर कार्यसमितिले भक्तपुरमा आयोजना गरेको विरोध सभामा राप्रपा र नेकपाका करीव तीन सय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
थिमिमा शुक्रबार आयोजित प्रधानमन्त्री केपी ओलीविरुद्धको प्रदर्शनमा नेकपा र राप्रपका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको भक्तपुर तरुण दलका सदस्य राजु थापाले जानकारी दिए ।
उनीहरूलाई कांग्रेसका युवा नेता गगन थापा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले स्वागत गरेका थिए ।
राप्रपाको भातृ संस्था युथ भोलुन्टरका भक्तपुरका कार्यबाहक अध्यक्षसहित ९० जना युवा तरुण दल भक्तपुरमा प्रवेश गरेका छन् ।
नेकपाका नेता एवम् विघटित प्रतिनिधि सभाका सांसद महेश बस्नेतको गृहनगर सूर्यबिनायक नगरपालिकाको गुन्डुबाट करीब ४५ जना नेकपा छाडेर कांग्रेस प्रवेश गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।