शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीको निन्दनीय कार्यविरुद्ध शेरबहादुर देउवाको आक्रोश

केपी ओलीको निन्दनीय कार्यविरुद्ध शेरबहादुर देउवाको आक्रोश

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 5.1K
    SHARES

  • केपी ओलीको निन्दनीय कार्यविरुद्ध शेरबहादुर देउवाको आक्रोश

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउनेलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन् ।

    सभापति देउवाले पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न समेत सरकारसमक्ष माग गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रवार धनगढीमा आयोजना गरिएको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले पक्राउ गरेका ७ जना युवालाई रिहा गर्नुपर्ने देउवाको माग छ ।

    न्यायको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गर्नु लोकतान्त्रिक मुख्य मान्यता विपरीत रहेको देउवाले जनाएका छन् ।

    ‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवालाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ,’ पूर्व प्रधानमन्त्री देउवाले ट्विटरमा भनेका छन्, ‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य/मान्यता विपरीत हो, पक्राउ परेकालाई तत्काल रिहाइ गर्न माग गर्दछु ।’

    यसअघि कांग्रेस प्रवक्ता विश्वप्रका शर्माले समेत प्रश्न गर्नेभन्दा दोषीलाई पक्राउ गर्न माग गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend