आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विश्वप्रकाश शर्माको प्रश्न : साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै ?’ प्रधानमन्त्रीज्यू ?

विश्वप्रकाश शर्माको प्रश्न : साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै ?’ प्रधानमन्त्रीज्यू ?

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 6.0K
    SHARES

  • विश्वप्रकाश शर्माको प्रश्न : साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै ?’ प्रधानमन्त्रीज्यू ?

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले बालिका निर्मला पन्तका बलात्कारी हत्याराबारे प्रश्न गर्नेलाई नभई दोषीलाई पक्राउ गर्न आग्रह गरेका छन् ।

    शुक्रबार धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने आमसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएका टिसर्ट लगाउनेलाई प्रहरीले पक्राउ गरेपछि प्रवक्ता शर्माले ओलीमाथि प्रश्न गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै शर्माले प्रश्न गरेका छन्, ‘प्रश्न गर्नेलाई होइन, दोषीलाई पक्राउ गर्नोस् ! प्रश्नलाई निषेध लोकतन्त्र होइन स्टालिनवाद हो ! साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै ?’ प्रधानमन्त्रीज्यू ?’

    बालिका पन्तका बलात्कारी हत्यारा पक्राउ गर्न नसकेको सरकारले अनुसन्धानमा लापरवाही गरेपछि पदमुक्त गरिएका एसपी र इन्सपेक्टरलाई पुनर्बहाली गरेको छ । तर अझै निर्मलाका हत्यारा पत्ता लागेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend