शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

तरुणहरूको हुलमा गगनको शानदार सम्बोधन, ओलीविरुद्ध चर्का नारावाजी

तरुणहरूको हुलमा गगनको शानदार सम्बोधन, ओलीविरुद्ध चर्का नारावाजी

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 6.2K
    SHARES

  • तरुणहरूको हुलमा गगनको शानदार सम्बोधन, ओलीविरुद्ध चर्का नारावाजी

    भक्तपुर - नेपाल तरुण दलको मध्यपुर थिमि नगर कार्यसमितिले भक्तपुरमा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध भब्य प्रदर्शन गरेको छ ।

    थिमिमा शुक्रबार भएको प्रदर्शनमा नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापालगायतको उपस्थिति रहेको थियो ।

    विरोध र्यालीमा सहभागीहरूले प्रधानमन्त्री ओली र कम्युनिस्ट सरकारविरुद्ध चर्का नारावाजी गरेको भक्तपुर तरुण दलका सदस्य राजु पुरीले जानकारी दिएका छन् । हजारौं नेता कार्यकर्ताले संसद विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध नारावाजी गरेका छन् ।

    उनीहरूले ओलीले संसद विघटन गरेर अधिनायकवादतिर मुलुकलाई लैजान खोजेको भन्दै विरोध जनाएका छन् । नेपाल तरुण दलका नगर अध्यक्ष पुरु खड्काका सभापतित्वमा भएको विरोध सभालाई सम्बोधन गर्ने नेताहरूले ओलीको असंवैधानिक कदम सच्याउन माग गरेका छन् ।

    उनीहरूले कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षाका मुलुकभरि आन्दोलन हुन लागेको समेत बताएका छन् । भक्तपुरको बालकोटमा प्रधामन्त्री ओलीको निजी निवास छ ।

    सो निवासबाट केही मिनटको फरकमा तरुण दलले शुक्रबार ओलीविरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले आफ्नो दल नेकपाको सभालाई सम्बोधन गर्न धनगढी गएका बेला तरुण दलले उनको गृहजिल्ला भक्तपुरमा प्रदर्शन गरेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend