काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि राजनीतिक रूपमा उथलपुथल भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा रहेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् ।
नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपा बलियो देखिएको सुदूरपश्चिम सरकारबाट मन्त्री बोहराले राजीनामा दिएको घोषणा गरेका छन् ।
बुधबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री बोहराले राजीनामा दिएको बताए । यससँगै उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा खुलेका छन् । यसअघि उनले कित्ता क्लीयर गरेका थिएनन् ।
ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए । अब सुदूरपश्चिममा प्रचण्ड–नेपाल पक्षीय एकलौटी सरकार हुने भएको छ । रिक्त २ पदमा मन्त्री हुन प्रचण्ड–नेपाल नेकपाभित्र लुछाचुडी हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।