शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीका पूर्व पीएसओ बने झापाको प्रहरी प्रमुख, निष्पक्ष होला त निर्वाचन ?

केपी ओलीका पूर्व पीएसओ बने झापाको प्रहरी प्रमुख, निष्पक्ष होला त निर्वाचन ?

  • मिडिया डबली
  • मंगलवार, पौष २१ २०७७

  • 5.3K
    SHARES

  • केपी ओलीका पूर्व पीएसओ बने झापाको प्रहरी प्रमुख, निष्पक्ष होला त निर्वाचन ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गरी बैशाख १७ र २७ गते निर्वाचन घोषणा भएको छ । 

    निर्वाचन आयोगले चुनावको तयारी गरिरहेका बेला सरकारले भने जिल्ला प्रहरी कार्यालयहरूको प्रमुखमा व्यापक फेरबदल गरेको छ । सरकारको इशारामा प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा प्रधानमन्त्री ओलीका पूर्व पीएसओ सानुराम भट्टराईलाई झापाको सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको छ ।

    बैशाखका लागि तोकिएको चुनावको मुखैमा ओलीले आफ्ना पूर्व पीएसओलाई गृहजिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सुम्पेपछि निष्पक्ष चुनाव हुनेमा शंका गर्न थालिएको छ । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत आफ्ना पूर्व पीएसओलाई गृहजिल्ला चितवनको प्रहरी प्रमुख बनाइसकेका छन् ।

    प्रहरी प्रधान कार्यालयले मंगलवार ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दा ओलीका पूर्व पीएसओ भट्टराईलाई झापा जिल्लाको नेतृत्व दिइएको छ । २०७५ जेठमा एसपी पदमा बढुवा हुनुअघि भट्टराई प्रधानमन्त्री ओलीको पीएसओमा कार्यरत थिए ।

    प्रधानमन्त्री ओलीको पीएसओ रहेकै बेला भट्टराई आफ्ना ब्याचीमध्ये चौथो नम्बरमा रहेर एसपी बढुवा भएका थिए । त्यसयता उनले तराईको महत्त्वपूर्ण मानिने बारा जिल्लाको पनि नेतृत्व सम्हालिसकेका छन् ।

    बैशाखमा हुने मध्यावधि चुनाव घोषणा भएको पृष्ठभूमिमा भट्टराईलाई प्रधानमन्त्री ओलीको गृहजिल्लामा पठाइनुलाई शंकास्पद रूपमा हेरिएको छ । 

    प्रहरी प्रधान कार्यालयले मंगलवार साँझ निकालेको सरुवा सूची अनुसार आभुषण तिम्सिनालाई सिन्धुली, उमाप्रसाद चतुर्वेदीलाई कञ्चनपुर, दीपेन्द्र शाहीलाई बारा, बेलबहादुर पाण्डेलाई पर्सा, भूपेन्द्रबहादुर खत्रीलाई काभ्रेपलान्चोक, महेन्द्र खड्कालाई धादिङ, लोकेन्द्र श्रेष्ठलाई बाग्लुङ र सोमेन्द्रसिंह राठोरलाई मकवानपुर जिल्ला प्रहरीको नेतृत्व दिइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend