शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीलाई ठूलो धक्का, मन्त्री नै लागे प्रचण्ड–नेपाल पक्षतिर

केपी ओलीलाई ठूलो धक्का, मन्त्री नै लागे प्रचण्ड–नेपाल पक्षतिर

  • मिडिया डबली
  • मंगलवार, पौष २१ २०७७

  • 15.1K
    SHARES

  • केपी ओलीलाई ठूलो धक्का, मन्त्री नै लागे प्रचण्ड–नेपाल पक्षतिर

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै प्रचण्ड–नेपाल पक्षधर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी हल्लाउन सक्ने ठानिएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा त्यागेका छन् ।

    कर्णालीका मन्त्रीले नै साथ छाडेपछि ओली पक्षीय नेकपालाई ठूलो धक्का लागेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बुढा प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका बुढा नेकपा नेता जनार्दन शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलपछि प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।

    मन्त्री बुढाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन म एक जिम्मेवार कार्यकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका रहने तथा डोल्पा जिल्लाबाट जनताको अपार मायाले निर्वाचित कर्णाली प्रदेश सभाको एक जिम्मेवार सदस्यको रूपमा कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नु पनि त्यतिकै महत्त्वपूर्ण भूमिका रहेको वर्तमान परिवेशमा मैले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष क. माधवकुमार नेपालको नेतृत्वमा रहेको हाम्रो गौरवशाली पार्टी नेकपामा नै आवद्ध रहेको सहर्ष जानकारी गराउन चाहन्छु ।’

    nanp.jpg

    मन्त्री बुढा प्रचण्ड–नेपाल पक्षमा लागेपछि नेकपा विभाजनपछि समेत कर्णाली प्रदेश सरकारलाई कुनै खतरा नरहेको चर्चा नेकपाभित्र भइरहेको छ । बुढाको साथ पाएपछि मुख्यमन्त्री शाही लगायत प्रचण्ड–नेपाल पक्षीय नेताहरू खुशी भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend